शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिका ७ का १ सय ६५ जना बालबालिकालाई न्यानो लुगा बितरण

बडिमालिका नगरपालिका ७ का १ सय ६५ जना बालबालिकालाई न्यानो लुगा बितरण

  • मङ्लबार, माघ ४, २०७८
बडिमालिका नगरपालिका ७ का १ सय ६५ जना बालबालिकालाई न्यानो लुगा बितरण

बाजुरा — बडिमालिका नगरपालिका वडा न ७ मा रहेका ४ ओटा बिद्यालयका १ सय ६५ जना बालबालिकाहरुलाई न्यानो लुगा बितरण गरिएको छ । बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायको समन्वय तथा सामाजिक सेवा फाउण्डेसनको आर्थिक सहयोगमा न्यानो लुगा बितरण गरिएको हो ।
वडाको सबै भन्दा बढि चिसोले प्रभावित ढम्कनेको सरस्वती आधारभुत विद्यालयका १ सय ३५ र अन्य तिन वटा सामुदायिक विद्यालयका १०/१० जना गरि १ सय ६५ जना विपन्न वालबालिकाहरुलाई सामाजिक सेवा समूह फाउन्डेसनको सहयोगमा न्यानो कपडा वितरण गरिएको बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन ।

May be an image of 11 people, child, people sitting, people standing and outdoors
चिसो बढेसँगै आर्थिक रुपमा विपन्न, बाढीपीडित, असहाय, बालबालिकालाई न्यानो कपडा वितरण गरिएको वडा अध्यक्ष पाध्यायले बताए । चिसो मौसमका कारण बालबालिकालाई प्रतिकूल असरबाट जोगाउन न्यानो कपडा वितरण गरिएको वडा अध्यक्ष पाध्यायको भनाई रहेको छ ।
उक्त ज्याकेटले विपन्न बालबालिकालाई चिसोबाट जोगाउन सहयोग पुग्ने सरोस्वती आधारभुत बिद्यालयका शिक्षक बलबहादुर रोकायाले बताए ।
चिसोको समयमा समेत पातलो कपडा लगाएर विद्यालय आउने गरेका बालबालिका न्यानो कपडा स्वरूप ज्याकेट पाएसँगै बालबालिकाहरु प िखुसी भएका छन् । न्यानो कपडा अन्तर्गत बालबालिकालाई उपलब्ध गराइएको ज्याकेटले चिसो मौसममा राहत पुगेको विद्यालयका प्रधानाध्यापक हस्त बहादुर धामीले बताए ।

May be an image of 2 people, child, people standing and outdoors

विपन्न बालबालिकालाई न्यानो कपडा उपलब्ध गराएकोमा वडा अध्यक्ष पाध्याले धन्यवाद दिँदै यस्ता राहतस्वरूपका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका छन ।

 

 

 

चर्चामा

सम्बन्धित समाचार