मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • बडिमालिका
  • बाजुरामै पहिलो बडिमालिका ८ रापक सुरक्षित खानेपानी युक्त बस्ती घोषणा

बाजुरामै पहिलो बडिमालिका ८ रापक सुरक्षित खानेपानी युक्त बस्ती घोषणा

  • आइतवार, माघ २, २०७८
बाजुरामै पहिलो बडिमालिका ८ रापक सुरक्षित खानेपानी युक्त बस्ती घोषणा

बाजुरा —  बाजुराको बडिमालिका नगरपालिका वडा न ८ को रापकका २ वटा बस्ती सुरक्षित खानेपानी युक्त बस्ती घोषणा गरिएका छन । बाजुरा जिल्लामै पहिलाे पटक बडिमालिका नगरपालिकाको रापकका २  बस्तीलाई सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गरिएको हो ।
बडिमालिका नगरपालिकामा रहेका सरोकारवाला निकाय र स्थानीय तहले अनुगमन गरी आईतबार एक औपचारिक कार्यक्रमको आयोजना गरेर बस्तीहरूलाई सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गरेको बडिमालिका नगरपालिकाकी उप प्रमुख कबिता बिष्टले बताएकी छन । यी बस्तीमा केही महिनाअघि ‘एक घर एक धारा’ निर्माण भए भएको थियो । तत्पश्चात् पानीमा शुद्धताको परीक्षण गरी सुरक्षित खानेपानी बस्ती घोषणा भएको उप प्रमुख बिष्टले बताएकी छन ।

बडिमालिका नगरपालिका, युनिसेफ नेपालको पहलमा एक घर एक धारो निर्माण गरियो निर्माण गरिएको केही समयमा नेपाल सरकारको मापदण्ड जैबिक तथा रसायनिक कार्यबिधी २०६२ अनुसार खानेपानीको परीक्षण गर्दा सुरक्षित रहेको प्रमाणित भएपछि सुरक्षित खानेपानीयुक्त गाउँ घोषणा गरिएको बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकि अधिकृत रंगमल बिकले बताए ।

युनिसेफ नेपालको आर्थिक सहयोग तथा बडिमालिका नगरपालिकाको समन्वय सहजीकरणमा ‘एक घर एक धारा’, ‘सुरक्षित खानेपानी, सुलभ सरसफाइ’ स्वास्थ्य र जीवनस्तरमा दीर्घकालीन सुधार’ ल्याउने उदेस्यका साथ सो बस्तीलाई सुरक्षीत खानेपानी बस्ती तथा समुदायको रुपमा घोषणा गरेको युनिसेफका बडिमालिका नगरपालिका वास संयोजक तथा ईन्जीनियर राजेन्द्र जैशीले बताए । ३२ घरधुरी दाणीमपानी बस्ती र ३४ घरदुरी बेणी बस्तीमा  रहेका समुदायमा खानेपानीको पहुँच पुगेपछि सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गरिएको ईन्जीनियर जैशीले बताए ।
विगतका वर्षहरूमा यहाँका स्थानीयलाई खानेपानी खान घण्टौंको बाटौ पैदल हिँडेर खोला वा नाउलाको पानी उपभोग गर्न बाध्य रहेका थिए । सरकारले वास्ता नगरे पनि, स्थानिय सरकार आए संगै युनिसेफ संस्थाले ‘एक घर एक धारा’ को कार्यक्रम गरेपछि सफा-स्वच्छ पानी उपभोग गरिरहेको त्यहाका स्थानिय गोपाल रावलले बताए ।
सुरक्षित खानेपानी घोषणा कार्यक्रममा उपस्थित प्रमुख अतिथि तथा अतिथिहरुले एक-एक लोटा पानी खाई सुरक्षित पानी उपभोग गर्यांै भनेर घोषणा गरेका थिए । ‘घर-घरमा धाराबाट स्वच्छ खानेपानीका खान पाउँदा निकै हर्षित भएका छौं स्थानीय लालसिह रावलले बताए । ‘खोला, नाउलाको फोहोर पानी खाँदै आएका थियौं, अहिले आँगनमै सफा पानी आउन थालेपछि ती पीडाका दिन हटेको स्थानीय नन्द बहादुर रावलले बताएका छन ।

सो बस्ती बाजुरा जिल्लामै पहिलो सुरक्षित खानेपानी युक्त समुदाय रहेको छ । स्थानीय नरेश थापाको अध्यक्षतामा संचालन भएको सुरक्षित खानेपानी युक्त समुदाय घोषणा कार्यक्रमको प्रमुख अतिथी बडिमालिका नगरपालिकाकी उप प्रमुख कबिता बिष्ट रहेकी थिईन। कार्यक्रमको बिषिष्ठ अतिथि बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रंगमल बिक, बडिमालिका नगरपालिका वडा न ८ का वडा अध्यक्ष प्रकाश रावल, नेपाली काग्रेस बाजुरा प्रदेश ख का सह सचिव महेन्द्र रावल , स्वास्थ्य शाखा प्रमुख टेक बहादुर खड्का रहेका थिए ।

चर्चामा

सम्बन्धित समाचार