शुक्रबार, बैशाख १४, २०८१

गजल!

  • शनिबार, माघ १, २०७८
गजल!

मानिस भएर पनि मानव सरह ब्यबहार देखिन्न,
धन सम्पती बाहेक किन कसै संग प्यार देखिन्न।

बगर बाट ल्याएको ढुङ्गा पुजेको दिनदैनै देख्छु,
गरेको आफ्नै बा आमाको स्यार सुसार दिखिन्न।

समाज लाई पनि त्यस्तैले दुषित गराउँछन यहाँ,
जनबर पनि त्यो भन्दा हिंशक र खुंखार देखिन्न।

सबै भन्छन शान्ति सु ब्यबस्थाका लागि लड्यौं,
बिड्मबना समाज भित्र सेवाए भ्रष्टचार देखिन्न।

युवाले खाडि बाट देश भक्ति आवाज उंठाउँदा,
देशको हित मा दुई शब्द बोल्ने सरकार देखिन्न।

परनिर्भर भयो हाम्रो देश सबथोक आयात गर्दा,
समानतामा गरेको त पसिनाको ब्यापार देखिन्न।

सुरेशकुमार पान्डे

चर्चामा

सम्बन्धित समाचार