शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • भारतीय ट्रकको ठक्करबाट एकजनाको मृत्यु

भारतीय ट्रकको ठक्करबाट एकजनाको मृत्यु

  • शुक्रबार, पुस ३०, २०७८
भारतीय ट्रकको ठक्करबाट एकजनाको मृत्यु

रुपन्देही– भैरहवाको बुद्धचोकमा भारतीय नम्बरको ट्रकको ठक्करबाट आज एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रुपन्देहीको ओमसतिया–१ बस्ने ४१ वर्षीय जीवराज बस्याल रहेको जिल्ला प्रहरी कार्यायका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए।

करिब ११ बजे बुद्धचोकमा युपी ४२ एपी ४३५२ नंको भारतीय ट्रकले लु१८प ५७१६ नंको मोटरसाइकललाइ ठक्कर दिँदा मोटरसाइकल चालक बस्यालको मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ। रासस

चर्चामा

सम्बन्धित समाचार