मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • कथित कम्युनिष्ट नेताको दोग्लो नीति

कथित कम्युनिष्ट नेताको दोग्लो नीति

  • बिहिबार, पुस २९, २०७८
कथित कम्युनिष्ट नेताको दोग्लो नीति

सुरेशकुमार पान्डे।
एकातिर उन्ले राजा संग सहकार्य गर्नुपर्छ अनि देशका अहिलेका मत्रीहरू भन्दा पूर्व राजा दश गुना देशभक्त छन पनि भन्छन आर्को तिर शान्ति पुर्वक संसदिय बब्यस्था बाट समाजवादी ब्यबस्था आउन सक्दैन पनि भन्छन।
वास्तबिक रूपमा भन्नु पर्दा मोहन बैद्धको राजनीति पनि बिस्तारै डा.बाबुराम भट्टराईको जस्तै हूने देखिन्छ।अहिले बाबुरामले पृथ्वीनारायणले एकि करण नगरेको पनि भने अनि शेरबहादुरले त पृथ्वीनारायणलाई माला लगाउन सकिन्न समेत भनेकाछन।यिनि नेताहरूको बिचार सुन्दा मुख्य रूपमा दुईवटा बिचार प्रमुख देखिन्छ।
प्रथम आफु मिडियामा पोप्लर हुन खोजेको जसबाट सस्तो जनताको समर्थन पाउने र आर्को कुरा उनिहरूमा नैतिक विचलन भयको नै हुन सक्ने देखिन्छ।मोन बेद्धले प्रचण्ड संग एकता हुन सक्दैन बरू पूर्व राजा संग सहकार्य हुन सक्छ भनेकाछन।
सवाल के छ भने हिंजो जनताले तिन दशक सम्म राज गरेको राजालाई फाल्दा कयौंले आफ्नो ज्यान गुमाएका थिए,कयौं घरबास बिहिन अपाङ्ग भए त्यो तानाशही ब्यबस्था अहिले आएर उनै राजनीतिक दलहरूलाई किन राम्रो लाग्न थाल्यो?भन्ने नै हो।
एक यो बिचार ब्याक्त गर्ने ब्याक्ति टोटल गलत छन त?एका तिर राज तन्त्रको वकालत गर्ने हिंंजो राजाको कटर बिरोधी मध्यको हुन।उनैलै अहिलेको ब्यबस्था भन्दा राजतन्त्र दशगुना ठिक भएको दाबि गर्दा कस्लाई फाईदा होला?आफुलाई क्रान्तिकारी मालेमा का अनुयाई बताउनेहरू किन यतितल झर्न थालेकाछन?यो बिचार मोहन ब्यध्यको मात्रै पनि होईन पहिले केसरजङ रायमाझि,पछिल्लो दर्जाका डा.बाबुराम भट्टराई,केपि शर्मा ओलि यिनिहरूले पनि राजतन्त्रको वकालत गरिरहेकाछन।गिरिजाप्रसाद कोईरालाको पालामा सेरेमोनियलका बिचारले निकै बजार पाएको थियो।अहिले मोहन बेध्यले भन्न खोजेको पनि त्यहि गिरिजाको सेरेमोनियल किङ्गको अबधारणानै होला।उन्ले धेरै पल्ट आफुले राजा सँग सहकार्य गरेर जान सकिन्छ भनेकाछन त्यसको साथै प्रचण्ड संग एकता गर्ने बिचारलाई ठाडै अस्विकार गरेकाछन।उन्को यो भनाई भने राम्रो सबल पक्षपनि हो शान्तिपुर्वक समाजवादी ब्यबस्था आउँदैन।
वास्तबिकरूपमा कुनै बिशेष राष्ट्रिय अबस्थामा राजा संग पनि सहकार्य गरेर जानुलाई गलत त भनिदैन तर अहिलेकै परिस्थितिमा प्रचण्ड लगायतका अरू नेता भन्दा दश गुना देशभक्त राजालाई मानेर राजा संग सहकार्य गर्ने नीति बैद्मको कस्तो हो?हामिहरूलाई अलि अपचनै भयो।
देशभित्रका राजनीतिक पार्टीहरूको मुल्यांकन गरेपछि दुश्मन शक्ति र मित्र शक्तिको छिनो फानो गरेपछि पार्टीको महाधिबेशन वा सम्मेलन र आबस्याकता परे बिसेष बैठक बसेर उनिहरूको ब्यबहार र देशको परिस्थितको गहन अध्यायध र मूल्यांकन पछिनै उनिहरूलाई कुन राजनीतिक शक्ति उल्लेख गर्ने त्यसले पार्टीको दुरदर्शियता लाई चिनाउँछ।आफुले मुल्यांकन गरेको शक्ति संग कुन परिस्थितिमा मित्र र दुश्मन संग गरिने ब्यबहा एकता शंघर्ष एकता र शंघर्ष एकता शंघर्ष को नीति अबलम्बन गर्नुपर्छ त्यो उनिहरू भित्रको कुराहो।जेहौश मोहन बैपद्मले पटक पटक राजालाई देशभक्त भन्दै प्रसंशा गर्ने र गणतान्त्रिक शक्तिहरूमाथि प्रहार गर्ने उन्को ब्यबहार भएकोले कुनैपनि हालतमा मोहनब्यद्मलाई क्रान्तिकारी शक्ति भन्न सकिदैन।तर अहिलेका धेरैजसो नेताहरूमा देशभक्ति भावना फिका पर्दै गएको भने सत्यहो तर पनि गणतान्त्रिक शक्ति भन्दा राजा दशगुना देशभक्त भनेर जुनप्रकारले मोहन बैद्मले भन्दै आएकाछन त्यो बिचारले उन्लाई राजाबादी भएको नै पुष्टिगर्छ।
अहिले देशभक्त र गणतान्त्रि शक्तिहरूको एकता अपरिहार्य भएको अबस्थामा उनिहरूको यो भनाई दुर्भाग्य पुर्णछ भन्नुपर्छ।राजतन्त्र कुनैपनि हालतमा गणतन्त्रको बिकलपमा हुन सक्दैन।राजतन्त्रलाई फाल्न जनताले लामू समय सम्म बलिदानि पुर्ण शंघर्ष गरेको ईतिहाश हाम्रा अगाडि हुँदा हुँदै यसरी राजतन्त्रको वकालत गर्नु त्यो पनि एउटा कम्युनिष्ट पार्टीको दौशाला ओडेर त्यसैको छत र छांयामा बसेर कम्युनिष्टको “लोगो”आबरणभित्र भित्रै कम्युनिष्टका जरा काट्नेहरू ईतिहाशका खलपात्र हुन।
मोन बध्यले भनेको अहिले शान्तिपुर्क समाजवादी ब्यबस्था त पक्कै पनि आउँदैन यसमा सच्चाईछ,अहिलेका नेताहरूमा देशभक्ति भावना पनि क्रमसै हराउँदै गएको पनि सत्य हो तर मोन बेद्मले एका तिर क्रान्तिकारी कुरा गर्न आर्को तिर राजालाई देशभक्ति भनेर गणतान्त्रिक शक्तिमाथि प्रहार गर्छन यो दुई जिब्रे कुराले गर्दा उन्को राजनीतिलाई अशपष्ट बनेर गोलचक्र काटेकोछ।
अहिले देशभित्र सबैभन्दा पहिले कृषिक्रान्ति गर्नु पर्दछ जसलाई उनिहरूले नयां जनवादी ब्यबस्था बताएर जनतालाई स्वायम उनैका कार्यक्रताहरूमा भ्रम छरेकाछन आउने दिनहरूमा उनैका कार्यक्रताले त्यसको ब्याख्य गर्न लगाउँनेछन।नौलो जनवादी क्रान्ति यो देशमा अपरिहार्य छ।
हामिले त्यसैको लागि आधार बनाएर जानुपर्छ जनतालाई भ्रम दिने र देशलाई नाङ्गेझार पार्ने पद्ति ठिक होईन।
देशको सवालमा बिदेशी हश्तक्षेपको बिरुद्धमा राजाले आवाज उठाउँछ भने त्यो आवाजलाई समर्थन गर्नुपर्छ तर अहिले मोहन बेद्मले भनेको जस्तो राजतन्त्र संग एकता गरेर जनाबिचार गणतन्त्रको बिरूद्धको बिषयहो यिनिहरूले गणतन्त्रमाथि प्रहार गर्दै आएकाछन त्यो उनिहरूको लागि पनि आत्माघाति हुनेछ।किन कि त्यहि बाटो प्रतिगामिहो त्यसबाट प्रतिगमनलाई टेवा पुग्छ भन्ने हामिलाई लागेकोछ।
अहिले कम्युनिष्टको झण्डा छोपेका हरूमा दिनौदिन नैतिक पतन हुंदैजानु राम्रो संकेत भने होईन।देश र जनताको लागि देशभित्र कृषि क्रन्ति हुनैपर्छ त्यसैले नयांजनवादी क्रान्तिको लागि आधार तैयार पार्दै जान र यि कथित कम्युनिष्ट नेताको भ्रममा नपर्न नै अहिलेको आबस्याकता हो र हुनसक्छ।

चर्चामा

सम्बन्धित समाचार