शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • टोमटाले बनाएको गाग्रोमा

टोमटाले बनाएको गाग्रोमा

  • बिहिबार, पुस २९, २०७८
टोमटाले बनाएको गाग्रोमा

टोमटाले बनाएको गाग्रोमा छ खाने पानी हाम्रो,
चुंदारा ले बनाएको ठेकीमा छ जीन्दगानि हाम्रो।

आर्नेदाईले दिनुभयो हथियार जीवन धान्न लाई,
दमाई भाईले सिलाएको कपडाछ सिरानी हाम्रो।

सार्कि दाईले बनाएको जुत्ता समेत नभएर हुँदैन,
किनहुन्छ दलितलाई अपमान जानिजानी हाम्रो।

फेरि पनि दलितहरू लाई किन छैन मानव दर्जा,
मानिस भई मुर्ख जस्तो भयो ब्यहोरा बानी हाम्रो।

अपमान र तिरसकार सहेर बांचे दलित कामदार,
आफ्नो हातको सिपले समेत जीवन धानी हाम्रो।

सयौं जातका फूलको बारी हिमाल पहाड मधेश,
सुनाउँदा घिन लाग्छ यो समाजको कहानी हाम्रो।

चर्चामा

सम्बन्धित समाचार