मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • बडिमालिका
  • मन्त्री शाहद्धारा बिमानस्थल निर्माणका लागि अनुगमन

मन्त्री शाहद्धारा बिमानस्थल निर्माणका लागि अनुगमन

  • बिहिबार, पुस २९, २०७८
मन्त्री शाहद्धारा बिमानस्थल निर्माणका लागि अनुगमन

बाजुरा — जिल्लाको सदरमुकाम मार्तडीमा एयरपोर्ट निर्माणका लागि सम्भाब्यता अध्यानका लागि तोकिएको बडिमालिका नगरपालिकाको वडा न ९ मा रहको कपल्टमा बाजुराका प्रदेश सांसद निबर्तमान आर्थिक मामिला मन्त्री तथा पुर्ब आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह लगायतको टोलीले अनुगमन गरेको छ । मन्त्री शाह संगै पत्रकार लगायत स्थानीयले सो ठाउँको अनुगमन गरि सो ठाउँमा बिमान स्थल बनाउन योग्य ठाउँ रहेको मन्त्री शाहले बताएका छन ।

No description available.
यो क्षेत्रको बिमानस्थलका लागि उपयुक्त ठाउँ रहेको भन्दै चाडै यसको कार्य अगाडी बढाईने मन्त्री शाहले बताएका छन । बडिमालिका नगरपालिकाको पहल र प्रदेश सरकारको सहयोगमा बडिमालिका नगरपालिकाको कपल्टमा सम्भाब्यता अध्यान संगै डिपिआरका लागि प्रदेश सरकारले २० लाख बजेट बिनियोजन गरी तत्काल कामको थालनि गरिने मन्त्री शाहले बताएका छन । सदरमुकाममै एयरपोर्ट बनाउनका लागि बडीमालिका नगरपालिकाले तयारी थालेको र सोको अध्यायन तथा डिपीआरका लागि मन्त्री शाहको पहलमा २० लाख बजेट बिनियोजन गरिएको मन्त्री शाहले बताएका छन । जिल्लाको तल्लो क्षेत्रमा सडक संजालले हैरानी खेप्दै आएकोले यो क्षेत्रमा बिमान स्थल आबस्यक छ भन्दै बडिमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवालले प्रदेश सरकार संगको समन्वयमा डिपिआरको तयारी भईरहेको बताए ।

No description available.
बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले मार्तडीमा एयरपोर्ट निर्माणका लागि सुदूरपश्चिम प्रदेशका पुर्ब आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहसंग भेटेर छलफल पछि सो कार्य अगाडी बढाउन बजेटको ब्यबस्था गरिएको मन्त्री शाहले बताए ।
सामान्य उपचारका लागि समेत लामो समयसम्म बसमा यात्रा गरेर जिल्ला बाहिर जानुपर्ने बाध्यता भएकोले यसको अन्त्यको लागि मार्तडीमा एअरपोर्ट निर्माण गर्ने गरि तयारीमा लागिएको बडीमालिका नगरपालिका नगर प्रमुख बडुवालले बताए । जनताको सहजताका लागि यो अभ्यासको सुरुवाती गरेका छौ उनले बताए ।

No description available.

No description available.

चर्चामा

सम्बन्धित समाचार