शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • लुटेरा छाडेर पोकेमन खेल्ने २ प्रहरी बर्खास्त !

लुटेरा छाडेर पोकेमन खेल्ने २ प्रहरी बर्खास्त !

  • बुधबार, पुस २८, २०७८
लुटेरा छाडेर पोकेमन खेल्ने २ प्रहरी बर्खास्त !

पसलमा चोरी गर्ने लुटेराहरूलाई समाउन छाडेर मोबाइल गेम पोकेमन गोमा मस्त भएका दुईजना अमेरिकी प्रहरी बर्खास्त भएका छन् ।

अमेरिकाको लस एन्जल्समा स्थानीय पसलमा चोरी भएको सूचना पाउँदा पनि नजिकै रहेका ती दुई प्रहरी अधिकारी घटनास्थलमा जान छाडेर मोबाइलमा पोकेमन लखेट्दै बसिरहेका थिए ।

उनीहरूको पुलिस कारमा भएको क्यामराको अनुसन्धानबाट ती दुई प्रहरी लुटेरा समाउन तत्कालै घटनास्थलमा जाने सूचनालाई अटेरी गर्दै कारभित्रै बसेर पोकेमन खेलिरहे ।

तर उनीहरूले सुरुमा आफुहरु पोकेमन गो खेलिरहेकेा अस्विकार गरेका थिए । साथै उनीहरूले आफुहरुले प्रहरीको रेडियो सञ्चारमा दिइएको निर्देशन नसुनेको दाबी गरेका थिए । कारभित्रको भिडियो क्यामरामा चाहिँ उनीहरूले रेडियो कल सुनेर त्यसबारेमा कुरा गरी घटनास्थलमा नजाने निर्णय गरेको देखिएको छ । त्यसको पाँच मिनेटपछि उनीहरू पोकेमन समाउने बारेमा कुरा गरिरहेको सुनिन्छ ।

यो घटना सन् २०१७ को मार्च १५ मा भएकोमा अदालतले हालैमात्र उक्त मुद्दामा फैसला गरेको हो । पोकेमन गो खेलेको अभियोगमा बर्खास्तीमा पर्ने प्रहरी अधिकारी लुइस लोजानो र इरिक मिचेल हुन् ।

स्थानीय म्याकीज डिपार्टमेन्टर स्टोरमा लुटपाट भएको घटनाका बेला उनीहरू गस्तीमा खटिएका थिए ।

नजिकै पार्क गरेको कारभित्र रहेका ती दुईजना प्रहरी अधिकारी लुटेरा पक्रिनका लागि सघाउन नआएका कारण अर्का प्रहरी अधिकारी क्याप्ट डेभेनपोर्ट एक्लै घटनास्थलमा गएका थिए । लोजानो र मिचेल भने घटनास्थलमा जानुको साटो कार मोडेर अन्तै गएका थिए । बीबीसी

चर्चामा

सम्बन्धित समाचार