मङ्लबार, जेष्ठ १५, २०८१
  • होमपेज
  • कला /साहित्य
  • चिसो मौसम त्यसैमा पनि ओमिक्रोमले सतायो भन्छन,

चिसो मौसम त्यसैमा पनि ओमिक्रोमले सतायो भन्छन,

  • आइतवार, पुस २५, २०७८
चिसो मौसम त्यसैमा पनि ओमिक्रोमले सतायो भन्छन,

चिसो मौसम त्यसैमा पनि ओमिक्रोमले सतायो भन्छन,
प्रकृति प्रकोप बढ्यो मानव समाजलाई अतायो भन्छन।

उस्तै झरि गर्यो घाम देख्नु छैन हिंजो आज परदेश मा,
देश भित्र पनि त दिनौरात मौसम उस्तै मतायो भन्छन।

चिसोमा पनि एम सी सीको बिरोधमा देशभक्त हरू ले
हिमाल,पहाड,तराईका सडकहरू पनि ततायो भन्छन।

जनतालाई भेडा बाख्रा शम्झिन्छन यि नेताहरूले सधै,
अमेरीका ले निस्वार्थ अनुदान दिएको बतायो भन्छन।

कहिले गुलाम नभएको देशका गुलाम नेताहरूले सधै,
आफ्नो खुबिछैन छिमेकिले राम्रो भनि जतायो भन्छन।

देखेर फर्किएको एम सी सी बोर्डलाई आस्वासन दिंदै,
हामि पास गर्छौं रकम दिनुश जनताले पतायो भन्छन।

सुरेशकुमार पान्डे

चर्चामा

सम्बन्धित समाचार