शुक्रबार, बैशाख १४, २०८१

कुन ताल हो यो?

  • शनिबार, पुस २४, २०७८
कुन ताल हो यो?

सुरेशकुमार पान्डे — जनताले बुझ्नै नसकेको मध्य एउटा यो कुरा पनि प्रमुखछ।हिंजो त्यो नेता पञ्चे हुनेबेला राजाको वकालत गय्रो जनताले तालि ठोक्यो।ऐतिहाशिक जन आन्दोलन पछि त्यो कांग्रेसि भयो र उसैले राजतन्त्रको बिरोध गय्रो जनताले खुब तालि पिट्यो।अर्को पल्ट त्यहि नेता कम्युनिष्ट पार्टी भित्र घुसेर कांग्रेसको बिरोध गय्रो त्यो बेला पनि जनताले तालि पिट्यो।टनकपुर सम्झौता कांग्रेसले गर्ने बेला एमालेले ठुलो जोड लगाएर बिरोध गय्रो यो भन्दै त्यो राष्ट्रघाति सन्धिहो।पछि आफुहरूले त्यहि सन्धिलाई गर्दा उनिहरू राष्ट्रवादी भए।
अब भनौ जनता र देशको हितको आफ्नो बिचार खै त? बिचार सुन्य भएका जनताले चुनेका नेता संसदमा पुग्छन अनि कस्तो सरकार बन्छ।हामीले जस्तो छरेकाछौं त्यहि त फल्छ।
अंस्तिको कुरा त हो राजमो मा छंदा नौलो जनवादी क्रान्तिका कुरा गर्नेले राजमो छाडेर ए माओवादी भित्र पस्दा बित्तिकै समाजवादी क्रान्तिका कुरा गर्छन।एम सीसीको बिरोधमा सडक तताएका ति मनुवाहरू अहिले एम सीसीलाई लागु गर्ने तिरमा छन।केहि बर्ष पहिले राजमोमा लागेका कार्यक्रताले काठमाण्डौमा बाह्र दिन सम्म संघियताको जोड्दार बिरोध गरेका राजमो छाडेपछि उनै ब्याक्तिहरू संघियताको पक्षमाछन।उनिहरूले संघिय गणतान्त्रीक नेपालमा अब समाजबादी क्रान्ति गर्नुपर्छ पो भन्छन।अब हामी जस्ता जनताले त्यो लिडरलाई के गर्ने उस्ले जे भन्छ त्यसैको तालि पिट्ने कि उनिहरूको भ्रम बाट मुक्त हुने?त्यस बारेमा अनभिग्य हुन्छन।
हाम्रो देशमा जनता लड्न सक्छ मर्न सक्छ तर राजनीतिको त्यो झुठलाई चिरेर ति दलाल र दुई जीब्रेहरूलाई पाखा लगाउन सक्दैन।यहि देशको ठुलो बिड्मबनाहो।कार्याक्रताहरूले नै अध्यायन गर्न छाडे जनताको त के कुरा गरौं।
कौवाले कान लग्यो भनेपछि कौवा तिर भाग्ने,कित बिरोधको लागि बिरोध गर्ने कि समर्थनको आंखा चिमगरेर वकालत गर्ने मात्र कामहुन्छ।यस्ता कार्यक्रताहरूले गर्दा देशको यो अबस्था सिर्जित भयो।अहिलेका नेताहरू आफुलाई कम्युनिष्ट भन्ने नैतिक आधार के हुनुपर्छ?त्यस बारेमा स्वायम नेताहरूलाई थाहाछैन कार्यक्रतालाई थाहा छैन जनताले कसरी छान्ने कम्युनिष्टलाई?कम्युनिष्टको आधारभूत सिधान्त बाट पतित भएकाहरूले मालेमा बिचारधारालाई जड्सुत्र बादी भन्छन र सिंगो कम्युनिष्टको सिधान्तलाई परिमारजीत र संसोधित गर्छन।कम्युनिष्टको सिधान्तलाई जनताले कसरी बुझ्ने जब की नेताहरू नै त्यसबारेमा धुलमुलछन।
हाम्रो देशमा कम्युनिष्ट को त बिउ पनि जोगाउँन गरोछ सांच्चै भन्नेहो भने भौतिकवादी बन्न सकिराखेको अबस्थाछैन।कसैले भैंशी पुज्ने कसैले गाई पुज्ने कसैले धन पुज्ने यस्तो ताल छ कम्युनिष्टहरूको।जीतनका लागि बोका कवुल्ने बिमारी सञ्चो गराउँन भाले कवुल्ने यो देशका कम्युनिष्टहरू कहिले गाई नखाने कम्युनिष्ट हुन्न भन्छन कहिले तिनै नेताले गाई पुज्छन।उनैहरूमा सधै
नेता बन्ने होडछ सरकारमा जाने शड्यन्त्रछ।तर आफु पुरानो बिचार बाट मुक्त हुने कुनै अन्देशा छैन।
सरकारमा गएपछि बिदेशको दलालि गर्ने असमान सम्झौता गर्ने,कमिसनमा ठेक्का बट्टा गर्ने,मेनपावर संग सांठगांठ गरेर युवाहरूको श्रमसोशण गर्ने,भूमाफियाहरू संग मिलेर पलाटिङ्ग को खेल खेल्ने,बिदेशीहरूलाई बिभिन्न बहानामा देशभित्राउने कार्यबाहेक राष्ट्रीयता गणतन्त्र र जनजीवीकाको हितमा कुनै पनि पाईला चाल्न सक्दैनन।
प्रवाशमा नेपालीहरूको दयानिय अबस्थाछ,रोजगारका लागि भारत पसेका नेपालीहरू प्रईबेट कम्पनि वा कुनै धनी मान्छेको भान्शे,कुल्लि र चौकिदारी गरेर पनि समयमा तलब पाएका हुँदैनन् उनिहरू मालिकहरूको दवाबमा आफ्नो घर सम्म जान पाउँदैनन्।यस्तो कहालि लाग्दो नेपालीहरूको अबस्थाछ।
सरकारले श्रम सम्झौता वा सन्धि गरिसकेपछि उस्को जिम्मेवारी पुरा हुन्छ र?अब उस्ले कुनैपनि पर्वाशी नेपालीको बारेमा अर्को देशको सरकार संग चुं गरेर बोल्न सक्दैन।
अगाडि पछाडि ठुलाठुला धाग लगाउँने पाखण्डिहरू जव जनतालाई उन्को आबस्याकता पर्छ भिजेको बिरालो जस्तै कतै गुम्सेर बसेका हुन्छन।
अब नजिक चुनावलाई देखेकाछन कसैलाई मन्त्री बन्ने रहरछ उस्ले नेताका भजन गाउँदै हिंडेकाछन।जस्तो सिताखाई उसैको भजन गाई गर्ने आसे पासे र गासेहरूले गर्दा यो देशलाई नाङ्गेझार पारेकाछन।
धेरै जसो साथिहरूले देशभित्रको समस्या लेखि रहनु हुन्छ तर समस्या लेख्नेहरू आफै पनि शंघर्ष बाट पलायन गर्नु हुन्छ भाग्नु हुन्छ।के भागेर समस्या समाधान होला त?गम्भिर बिषय यहि हो भाग्नुको सट्टा शंघर्षमा जोड दिनु पर्छ।देशभित्रको समस्यालाई जस्ले पनि देखाउँछ प्रमुख बिषय त त्यसको समाधान गर्नु हो।पार्टीका कार्यक्रता नेताहरू आ-आफ्नो क्यारियर बनाउँन कहिले वल्लो तिर कहिले पल्लो तिर हामफाल्नु हुन्छ यो तालमा देशभित्रको समस्या समाधान होला त?पक्कै पनि हुंदैन।
देश आधा सामन्ति र आधा उपनेबेशिक अबस्थामा आज पनि छ तर देशभित्र यि ठुला भनौदा कम्युनिष्टहरूले समाजवादी क्रान्तिका कुरा गर्छन।
त्यो भन्दा पनि दुःख लाग्दो कुरा त सहि राजनीति दिशा छोपेको राजमो बाट पार्टीले क्रान्ति गर्न सकेन संसद बादी दक्षिण पन्थि भयो भन्दै क्रान्ति गर्छौं भन्नेहरू त्यहि झुंडमा गएर बिलाए।अरू कतिपय साथिहरूले मसाल सकियो ओरालो लाग्यो भन्दै आफु उक्कालो लाग्न खोज्नु हुन्छ।यस्तो ऐतिहाशिक बिडम्बना अहिले हाम्रो बिचमा छ।
पार्टको घोषणा पत्रमा चुनावलाई कार्यनैतिक प्रष्ट रूपमा भनेकोछ पार्टीले आबस्याकता अनुसार चुनाव उपयोग र बहिस्कार दुबै गर्न सक्छ त्यो अबस्था हेरेर गर्ला।अहिले हतियार उठाउँने अबस्था पनि छैन अनि चुनावमा भागपनि नलिने अनि पार्टीले के काम गर्ने?सबैलाई भाईर पार्टीलाई गाली गर्न लगाउँने?साथिहरूले बिरोधको लागि बिरोध गर्ने गुट बनाउँने काम राम्रो हो त?प्रचण्डले भने मोहन जी लाई हामिले एकैथाउँ मिलेर जाउँ मोहनजीले सकारत्मक भन्दै छलफल गरौंला भन्नु भयकोछ भनेर गरेको भाषनको कोपि कतिपयले त मोहन बिक्रमले पार्टीलाई अब एमाओवादीमा बिलए गराउँछ भन्दै कमेट गर्छन।साथिहरू कस्ले के भन्छ त्यो पार्टीले के गर्दैछ त्यो कुरालाई बुझ्नुपर्छ।अहिले सरकारलाई पार्टीले बाहिर बाट समर्थन गरेको अबस्थामा सरकारले गरेको जुनसुकै गलति पनि मसालमाथि खनाईन्छ।त्यो किन भने मसाललाई कसरी बद्नाम गर्ने भन्नेमा मात्रै उनिहरूको ध्यायन केन्द्रित छ।कस्तो अबस्थामा राजमोले पांच दलिय गठबन्धन बनायो भनेर सोंच्न सक्ने क्षामता उनिहरूमा छैन।यस्तो चालले कसरी देशको बिकास हुन्छ र देशले सच्चा क्रान्तिकारी देशभक्तलाई जन्माउन सक्छ,जगर्ना गर्न सक्छ?यो चालाले कुनैपनि सच्चा क्रान्तिकारीहरू बलियो भयर अगाडि आउँन सक्दैन।यहि आजको हाम्रो देशको गम्भिर समस्य भएकोछ।

चर्चामा

सम्बन्धित समाचार