शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • जसको सिता खाई उसैको गीत गाई!

जसको सिता खाई उसैको गीत गाई!

  • बिहिबार, पुस २२, २०७८
जसको सिता खाई उसैको गीत गाई!

सुरेशकुमार पान्डे — के नेपालमा नौलो जनवादी क्रान्ति सम्पन्न भै सक्यो त?
हिंजो जस्ले नौलो जनवादी क्रान्तिका ठुला ठुला लेख लेख्थ्यो भाषण गर्थ्यो आज उनैले समाजवादी क्रान्तिका लेक्चर दिंदा जनताले दंग परेर यहि प्रश्न गर्छन।’के देशमा नौलो जनवादी क्रान्ति समपन्न भै सक्यो वा त्यो नेता नैतिक पतन भयो?जस्को सिता घाई उसैको गिता गाई भनेको यहि त होला?हो पक्कै पनि यो देशको अबस्था नेताको चरित्र ले तय गरेकाछन।
कम्युनिष्ट पार्टीको स्थापनानै नेपालमा नयांजनवादी क्रान्तिको बाटो समाजवाद तर्फ जाने हो।तर कम्युनिष्टको आपसि खिचलोमा त्यो पटक पटक नौलोजनवादमा प्रश्न चिन्ह लगाउँदै आएकाछन।हाम्रो देशमा नौलो जनवादी क्रान्ति हुनै नदिन साम्राज्यवादी शक्तिको ठुलो हात हुनसक्छ।२०४६सालको ऐतिहाशिक जन आन्दोलनपछि नेकपा एमालेका मदन भण्डारीले बहुदलिए ब्यबस्थानै जनवादी ब्यबस्था भयकोले देशमा नयाँ जनवादी क्रान्ति भैसकेको र देशमा समाजवादी क्रान्ति गर्ने बिचार अगाडि सारेर सबैभन्दा पहिले नौलो जनवादी क्रान्ति संग अन्याय गरेका हुन।
अहिलेको प्रचण्डको पथ पनि त्यहि गएर बिशर्जन भयकोछ।
उनिहरूले अहिले झनै ठुलो फड्को मारेकाछन त्यो मार्क्सवादलाई परिमार्जित गर्ने योजनाहो।हिंजो राजमो बाट फट्कोमारेर एमाओवादी केन्द्रमा पुगेका ब्याक्तिले उनै प्रचण्डको गीत गाउँदै अब ए माओवादी को यात्रामा शुधार हुने कुरा बाताएकाछन।अंझ उन्ले प्रचण्डको सक्या सम्म तारिफ गर्दै अबको योजना समाजवादी क्रान्तिको रहेको बताएकाछन।उन्को अनतरवार्तामा आफ्नो कुनै बिचार नभएर प्रचणडका गुनगान गर्नमा अहिले सम्मका अरू नेतालाई पच्छारेकाछन।यो एउटा अवसरबादी फड्को हो छिट्टै उन्ले आफ्नो क्यारिरिष्ट महत्वकांक्ष पुरागर्ने देखिन्छ।साहिद उनका बिचार सुनेका एमाओवादीका पुराना कार्यक्रताहरूको आक्रोश बढेको होला तर अहिले सम्म उन्का लेख र भाषन सुनेका जनताहरूले उन्को नैतिक पतनको भने खुबै ब्यांग्य गरेको हुनसक्छन।
अहिले देश बाट सामन्तबादी शक्तिको अन्त भैसकेको छैन अंझ सांच्चै भन्दा भन्ने हो भने देशमा अहिलेपनि प्रतिगमनको डर छ। देशमा बिदेशी अतिक्रमण बढेकोछ।देश अर्ध सामनति र अर्ध उपनेबेशिक अबस्थामा छ।यो परिवेशमा देशमा नयांजनवादी क्रान्तिको नितांत आबस्याकता हुन्छ।तर हहिलेका अवसरबादीहरूले देशमा समाजवादी गीत गाएर देशका जनतालाई उल्लू बनाउन कुनै कसर छाडेकाछैन।अबको दिनमा जनताले चिनेकाछन ति जस्को सिता खाई उसैको गीता गाईको सिधान्तलाई।
अहिले देशभित्र हथियार उठाउँने अबस्था त पक्कै पनि छैन तर हथियार उठाउँने अबस्था छैन भनेपछि नौलो जनवाद समपन्न भयो भनेर जनतालाई भ्रम पनि दिनु गलत हुन्छ।
अहिले सम्मका यिनि अवसरबादीहरूले जनतामा सक्या सम्मको भ्रम छर्दै आएको कुरा कसैबाट लुकेकोछैन।प्रचण्डले भने एउटा तिरले दुईवटा सिकार गर्ने प्रयात्न गरेकाछन।एका तिर नेकपा मसालबाट निस्कासितहरू लाई केन्द्रमा राखेर पद ढुकेर बसेकाहरूको ईच्छा पुरा गर्ने केन्द्र यहि हो भनेर देखाएकाछन भने उनिहरूलाई प्रयोग गरेर उनै सँग आफ्नो तारिफ पनि गराएकाछन।प्रचण्डले एम सीसी लाई पनि आफुले पारित गर्ने कुरा गरेका छन।एम सीसी जस्तो राष्ट्रघाति योजनाकार भनेकि उनै षप्रचण्ड हुन भन्ने कुरा पनि कसैबाट लुकेकोछैन।प्रचण्ड र नेपाली क्रांगेशको सरकारको बेला त्यो बेला ज्ञानिन्दर बहादुर कार्किले हश्तक्षर गरेको एमसीसीलाई अहिले पनि प्रचण्डले जसरी भयपनि यति ठुलो धनराशि लाई अस्विकार गर्नु हुँदैन भनेकाछन।अहिले देशभित्रको यो संघियता पनि उनै प्रचण्ड सहितका आठ दलको अन्तरिम हरकारले भारतियलाई खुसि पार्न चोर ढोका बाट भित्राएका थिए।
स्वायम प्रचण्डकै अदुरदर्शियताकै कारण आज हाम्रो देश खतरामाछ भन्नेकुरा पनि त्यो अन्तरबार्ताकारले स्विकार गर्न सकिनन् ।त्यो उन्ले गरेको चरम प्रकारको नेताको चम्चा गिरिनै हो।उन्को फड्को अहिले क्रान्तिकारी बाट अवसरबादी क्यारिरिष्ट प्रकारको ब्यबहारमा फट्को मारेकाछन।जे हौश हामिले पहिलेनै भन्दै आएका थियौं उनिहरूको कथित क्रान्तिकारी बिचारको पतन दक्षिण पन्थि बिसर्जनबादाम गएर टुंगिनेछ।हामिले गरेको समय अबधिको अनुमान भन्दा अंझै छिटो उन्को बिसर्जनले अब जनताले उन्लाई चिन्न सजिलो भयकोछ।
हामिले देख्दै आएकाछौं हिंजो क्रान्ति गर्न गएका विजय शर्मा,दिनानाथ शर्मा, बाबुराम भट्टराई र डिलाराम हरूको कुन ठाउँमा गएर बिसर्जन भैसक्यो भन्नेकुरा हामिले भन्नु पर्दैन त्यो प्रष्टैछ।अहिले फेरी केहि साथिहरूले पार्टीको बिरूद्धमा अप्नाएको समानातर संगठनको पनि ढिलो चांडो त्यहि अबस्थामा बिसर्जन हुने देखिन्छ।त्यसो नहौश भनेर हामिले कामना गरेकाछौं ति साथिहरूको सदबुद्धि पलाउस र समय छंदै बे हिचकिच आफ्नै घरमा फर्किने प्ररेणा मिलोस भनेर कामना गर्छौं।उनिहरू संग हाम्रो भावनात्मक समबन्ध पनि जोडिएकोछ उनिहरूले हाम्रो बिचमा लामू समय सम्म काम गरेकालेपनि हामिले सकेसम्म उनिहरूले गलत बाटो नछोपे हुन्थ्यो भन्ने आशा गर्नेगर्छौं।तर कतिपय साथिहरूको वार्गेनिङ ले हामिलाई उनिहरूको भण्डाफोर्ड गर्न बाध्य पनि पारेकोछ।पार्टि संगठन कसैको प्याउते हुँदैन यसभित्र धेरै कार्यक्रता शुभ चिन्तक सदस्य र नेताहरूको साझा योगदान हुन्छ त्यसकारणले पार्टीलाई टुक्राउँने काम जुनसुकैले गरेपनि त्यसको बिरूधमा अभियाननै चलाएर आफ्नो संगठनको रक्षा गर्ने सबैको उत्तिकै जिम्मेवारी हुन्छ।जुन सुकै ठाउँमा पनि अराजक बनेर धेरै दिन सम्म टिक्न सकिदैन भन्नेकुरा जग जाहेरछ।जुन घरमा बसेका हुन्छौ त्यो घरको रक्षागर्ने जीम्मेवारी हामी सबैको हुन्छ।खोईरो खन्नेलाई पनि कार्वाही गर्नु हुँदैन भनेर कसैलेपनि भन्दैनन हिंजो नेकपाको जनवर्गिय मोर्चाहरूमा बसेर नेकपा मसालले क्रान्तिकारी आन्दोलनको उठान गर्न सकेन देशमा नयां जनवादी क्रान्ति नगरि हुँदैन भनेर उफ्रिने ब्याक्तिहरूले अब ए माओवादीमा गएर पार्टीले गलत बाटो छोपेकोछ देशमा नौलो जनवादी क्रान्ति हुनुपर्छ भनेर वकालत गर्ने उनिहरूको आंट छैन।त्यसैले उनिहरू समाजवादी क्रान्तिका वाईहात दन्ते कथा हालेर प्रचण्डलाई खुसि पारेर उन्को नजिक जान ब्याकु छन भन्नेकुराको पुष्टी हुन्छ।नेकपा मसालमा बसेर नेकपा(मसाल)को खोईरो खन्नेहरूले अब ए माओवादीलाई क्रान्तिकारी पार्टी भनेर उनैको भजन कृतन गर्नै गएका हुन भन्ने कुरा जनताले बुझेकाछन।खास गरेर उनिहरूको नैतिक पतन अहिले भर्खर भएको होईन उनिहरू धेरै पहिले देखि पार्टी भित्र गुटबन्दि गर्दै कार्यक्रताको नाडि छाम्दै हिंडेका थिए अहिले त्यो कुराको औपचारिक पुष्टी सर्वसाधारणमा पनि भयो।हामिलाई दुःख के माईनेमा छ भने हाम्रा कतिपय भ्रममा परेर पाखा लागेका ईमानदार साथिहरूले अंझैपनि शिक्षा लिएर आफ्नो घरमा फर्किन सक्नु भयकोछैन।तर पनि ढिलो चांडो साथिहरू आफ्नै घरमा फर्किनु हुनेछ भन्नेकुरामा आशावादी छौं।कुनै पनि पार्टीमा पार्टी बिरोधी गुट बन्दि गर्ने छुट हुलदैन र पार्टीले लिएको निर्णयलाई कार्यनव्यन गर्ने सबैको नैतिक क्रतब्य बन्छ।

चर्चामा

सम्बन्धित समाचार