शुक्रबार, चैत्र १६, २०८०

गजल!

  • बुधबार, पुस २१, २०७८
गजल!

छोपौं शंघर्षको बाटो उठाउँ एकताका हात अब,
बर्गिय शंघर्षमा हुंदैनन् कुनै पनि अरु जात अब।

घर घरमा पुगेर जगाउँनु पर्छ नेपाली जनता लाई,
एकता संदेश बोकी गर्नैपर्छ हामी मुलाकात अब।

साझा शंघर्षहो पार्नैपर्छ सफल मिलि जुलि हामी,
कुनैपनि भ्रमजालमा नपर्नु साथि बिना बात अब।

न्याय प्रेमिहरू मिलेर बनाउ बलियो एकता हामी,
दिनुपर्छ छद्मभेशी अवसरबादहरु लाई मात अब।

दरिलरी छौप्नु पर्छ एकताको झण्डा हामि सबै ले,
भन्दै नभनि कुनै आर्को बात खटौं दिनोरात अब।

यहि हो हाम्रो विस्व बिध्यालय र आशियाना पनि,
धेरै संगठनको बिकाश गरेर दिनुपर्छ सौगात अब।

आउ जोशिला एकताका मुठ्ठि कसेर न्याय युद्धमै,
बनौं एकताको आन्धि हुरी मूश्लाधार बर्सात अब।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार