शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • जब बैंकले भुलबस ग्राहकका खातामा पठायो २१ अर्ब !

जब बैंकले भुलबस ग्राहकका खातामा पठायो २१ अर्ब !

  • सोमवार, पुस १९, २०७८
जब बैंकले भुलबस ग्राहकका खातामा पठायो २१ अर्ब !

काठमाडौं —  यदि तपाइँको खातामा अचानक लाखौँ रुपैयाँ आयो भने के गर्नुहुन्छ ? वित्तीय अपराध धेरै हुने अहिलेको जमानामा यसरी बैंकमा अकस्मात ठूलो रकम आउँदा खुसी भन्दा धेरै डर लाग्नु स्वभाविकै हो । कहिलेकाहीँ स्वयं बैंकले पनि गल्तीले ग्राहकको खातामा मोटो रकम पठाउँदो रहेछ । बेलायतमा हालै एउटा यस्तो घटना भएको छ ।

बेलायतको Stander बैंकले ७५ हजार जनाका बैंक खातामा भुलबस २१ अर्ब रुपैयाँ बराबरको रकम पठाएको छ ।

आफ्नो खातामा अकस्मात बैंकबाट पैसा आएपछि ग्राहकहरु खुसी भए । तर पछि उक्त रकम बैंकको गल्तीले पठाइएको थाहा पाएतापनि धेरै मानिसले पैसा फिर्ता गर्ने जाँगर चलाएका छन् ।

समाचार अनुसार स्यान्टान्डर बैंकले गत क्रिसमसको दिन एउटा ठूलो गल्ती गर्‍यो । आफ्नो बैंकका २ हजार ग्राहकका खातामा रहेको १३ करोड पाउण्ड रकम अन्य विभिन्न बैंकका ७५ हजार ग्राहकहरुको खातामा ट्रान्सफर गरिदियो ।

आफ्नो गल्ती थाहा पाएसँगै बैंकले भुलबस रकम पठाइएका खाताका ग्राहकहरुसँग रकम फिर्ता गर्न अनुरोध गरेको छ । तर रकम प्राप्त गरेका मानिसहरु मध्ये धेरैले पैसा फिर्ता गर्न मानिरहेका छैनन् ।

रोचक त के भने सानट्याण्डर बैंकले त्यो रकम आफ्ना प्रतिस्पर्धी बैंकहरु Barcclays, Natwest, HSBC, Cooperative Bank तथा भर्जिन मनी लगायतका ग्राहरुहरुको खातामा पठाएको थियो । तर ती ग्राहकहरुले पैसा फिर्ता गर्न नमान्दा बैंकलाई घाटा बेहोर्नुपर्ने चिन्ता थपिएको छ ।

त्यसैले उसले सख्त कदम चाल्ने योजना बनाएको छ । बेलायतको कानून अनुसार यसरी भुलबस खातामा पठाइएको रकम फिर्ता लिने अधिकार बैंकसँग छ । फिर्ता गर्न नमान्ने मानिसहरु विरुद्ध बैंक कानूनी कारवाहीमा जानसक्ने र त्यस्ता व्यक्रिलाई १० वर्षसम्मको जेल सजायँ हुनसक्ने व्यवस्था छ । एजेन्सीको सहयोगमा

चर्चामा

सम्बन्धित समाचार