बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाचार
  • पाल्पा बस दुर्घटना अपडेट : मृतकको संख्या ८ पुग्यो

पाल्पा बस दुर्घटना अपडेट : मृतकको संख्या ८ पुग्यो

  • आइतवार, पुस १८, २०७८
पाल्पा बस दुर्घटना अपडेट : मृतकको संख्या ८ पुग्यो

बुटवल — पाल्पामा भएको बस दुर्घटनामा ज्यान गुमाउने संख्या ८ पुगेको छ। पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्थले मृतकको संख्या ८ पुगेको  जानकारी दिएका छन्। उनका अनुसार मृतकको पहिचान भने खुलेको छैन ।

दुर्घटनामा ७ जना गम्भीर घाइते भएका छन्। उनीहरुको तानसेनमा उपचार भइरहेको छ। बुटवलबाट शव लिएर गुल्मीको रिडी जाँदै गरेको बस पाल्पा रिब्दिकोट २ लघुवामा आइतबार बिहान दुर्घटना भएको थियो। लु २ ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको थियो।

बसमा ३५ जना मलामी रहेको प्रहरीले जनाएको छ। अहिले उद्धार कार्य जारी रहेको छ।

चर्चामा

सम्बन्धित समाचार