शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

  • आइतवार, पुस १८, २०७८
मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

सिरहा — पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–६ स्थित दुर्गा मन्दिर नजिक आज साँझ मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स ७ प १८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सिरहाको कल्याणपुर नगरपालिका–११ निवासी २५ वर्षीय सञ्जय साहको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी गम्भीर घाइते साहलाई उपचारको लागि लहानतर्फ लैजाने क्रममा माटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोल बजारका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए। रासस

चर्चामा

सम्बन्धित समाचार