बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • विचित्र संसार
  • मरुभूमिको आयोडिनले गर्दैछ ओजोन तहको विनाश !

मरुभूमिको आयोडिनले गर्दैछ ओजोन तहको विनाश !

  • बिहिबार, पुस १५, २०७८
मरुभूमिको आयोडिनले गर्दैछ ओजोन तहको विनाश !

नुनमा आयोडिनको पर्याप्त मात्राले मानिसलाई गलगाँडलगायतका विभिन्न रोगबाट बचाउँदछ । तर मरुभूमिमा पाइने त्यहीँ आयोडिनले चाहीँ पृथ्वीको रक्षाकवचको रुपमा रहेको ओजन तह विनाश गरिरहेको छ ।

अहिलेसम्म वैज्ञानिकहरूले ओजन तह विनाश गर्ने कारक तत्व क्लोरोफ्लोरो कार्वन रहेको बताएका थिए । तर हालैको एक अनुसन्धानले भने मरुभूमिको बालुवाको धुलोमा रहेको आयोडिनले पनि ओजोन तह नष्ट गर्नमा भूमिका खेल्ने देखाएको छ । यसले ओजनको प्वालको आकार बढाइरहेको छ ।

जब तीव्र हावाले मरुभूमिको धुलकणहरूलाई वायुमण्डलमा पुराउँदछ तब त्यसमा रहेको आयोडिन रासायनिक प्रतिक्रियामा भाग लिन्छ । त्यस्तो रासायनिक प्रतिक्रियाका कारण हरितगृह ग्याँसहरू लामो समयसम्म वायुमण्डलमा रहन्छन् र त्यसले ओजोन तह विनास गर्दछन् ।

कोलोराडो विश्वविद्यालका रसायनशास्त्रका प्राध्यापक रेनर भोल्कामोरका अनुसार नुनमा पोषक तत्वको काम गर्ने आयोडिन वायुमण्डलमा ओजोन तह विनास गर्दछ । आयोडिनका कारण वायुको गुणस्तरमा असर पर्नेमात्र नभई जलवायु परिवर्तनमा समेत यसले भूमिका खेलिरहेको उनी बताउँछन् ।

रेनरका अनुसार आयोडिनका कारण हरितगृह ग्याँसहरू वायुमण्डलमा लामो समयसम्म टिकिरहन्छन् । ती ग्रीनहाउस ग्यासले ओजोन तहलाई विनास गर्दछन् । त्यसैले वैज्ञानिकहरूले ओजोन विनास र प्रदूषणका बारेमा नयाँ शिराबाट सोँच्नु आवश्यक हुन्छ ।

धुलोका कणसहितको हावा वायुमण्डलको तल्लो तहसम्म मात्र पुग्ने यसअघिको मान्यतालाई पछिल्लो अध्ययनले गलत सावित गर्दै धुलोयुक्त हावा वायुमण्डलको धेरै माथिसम्मै पुग्ने र त्यसले ओजोन तहलाई विनास गर्ने गरेको देखिएको छ ।

वैज्ञानिकहरूका अनुसार सूर्यका परावैजनी किरण पृथ्वीमा आउनबाट रोक्ने काम ओजोन तहले गर्दछ । ओजोन तहको विनासले परावैजनी किरण सिधै पृथ्वीमा आउने र त्यसले मानिस लगायतमा नकारात्मक असर पार्दछ ।

एजेन्सी

चर्चामा

सम्बन्धित समाचार