गजल!

  • मङ्लबार, पुस १३, २०७८
गजल!

यो समाजपनि उस्तैछ कसैले प्यारका कुरा गर्छन,
कसै कसैले सधै आफ्नो अधिकारका कुरा गर्छन।

न्याय निसाब कोले गर्नेहो अरूको यहि समाजमा,
बुजुर्वाकै कुसँस्कार अनि ब्यबिचारका कुरा गर्छन।

अंस्ति भर्खर न्यायलय परिसरमा कुटा कुट थियो,
उनिहरू आफैले कानुनकै हकदारका कुरा गर्छन।

कसैले सबैकाम छाडि एमसीसीको बिरोधमा हिंडे,
कोई त्यसलाई पास गर्नैपर्ने आधारका कुरा गर्छन।

आफैमा सुधार ल्याउन नसक्ने कम्युनिष्ट भनौदा,
बदल्छु म कम्मर कसेर भन्दै संसारका कुरा गर्छन।

यो पुँजिवादी सम्रचना भित्रका सुखभोगिहरू सबै,
एक आर्कालाई ठग भन्दै मारामारका कुरा गर्छन।

जनताले पनि कस्लाई कम्युनिष्ट भन्ने धेरै भए सि,
सबैले भ्रम छर्न लाई पनि ब्यबहारका कुरा गर्छन।

सेते जन्मिए देखि गृहयुद्ध र आतङ भोग्दै आयो,
सधै नेतृत्वले शंघर्षलाई आरापारका कुरा गर्छन।

सुरेशकुमार पान्डे

चर्चामा

सम्बन्धित समाचार