मङ्लबार, माघ ४, २०७८
  • होमपेज
  • क्रिकेट
  • एसीसी यु–१९ क्रिकेट : कुवेतसँग भिड्दै नेपाल

एसीसी यु–१९ क्रिकेट : कुवेतसँग भिड्दै नेपाल

  • मङ्लबार, पुस १३, २०७८
एसीसी यु–१९ क्रिकेट : कुवेतसँग भिड्दै नेपाल

काठमाडौँ — नेपाल एसीसी यु-१९ एसिया कप क्रिकेटको अन्तिम खेलमा आज मंगलबार कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

यूएइको आईसीसी एकेडेमीमा हुने खेल बिहान सवा ११ बजे सुरु हुनेछ।

सुरुआती दुई खेलमा हार बेहोरेको नेपाल कुवेतविरुद्ध पहिलो जितको खोजीमा छ । देव खनालको कप्तानीमा रहेको नेपाल सान्त्वना जित निकाल्ने योजनामा छ ।

प्रतियोगितामा जित विहिन रहेको कुवेत समेत सान्त्वना जित निकाल्ने दाउमा छ ।

यसअघि नेपाल पहिलो खेलमा बंगलादेशसँग १५४ रनले पराजित भएको थियो भने दोस्रो खेलमा श्रीलंकासँग ६० रनले पराजित भएको थियो ।

यस समूहबाट बंगलादेश र श्रीलंकाले सेमिफाइनलमा स्थान बनाइसकेको छ ।

चर्चामा

सम्बन्धित समाचार