शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • शिक्षा
  • महिला र पुरुषलाई सँगै राखेर पढाउन मिल्दैन : अफगानिस्तानका शिक्षामन्त्री

महिला र पुरुषलाई सँगै राखेर पढाउन मिल्दैन : अफगानिस्तानका शिक्षामन्त्री

  • सोमवार, पुस १२, २०७८
महिला र पुरुषलाई सँगै राखेर पढाउन मिल्दैन :  अफगानिस्तानका शिक्षामन्त्री

अफगानिस्तानका शिक्षामन्त्री अब्दुल बाक्की हक्कानीले सहशिक्षा मुस्लिमहरूको मूल्य र मान्यता विपरीत भएको बताएका छन् । आफूहरू महिला शिक्षाको विरोधी नभएको तर महिला र पुरुषलाई सँगै पढाउने कार्य आफूहरूलाई मान्य नभएको बताएका छन् ।

‘हामीले मुस्लिम वातावरण कायम गर्ने विषयमा तयारी गरिरहेका छौ, जहाँ महिलाले पनि पढ्न सक्नेछन् । महिलाहरूले अलग्गै पढ्ने व्यवस्था गर्न केही समय लाग्नेछ,’ उनले भने । तर, छात्राहरूलाई कहिलेदेखि फेरि विद्यालय पठाइन्छ भन्ने विषयमा भने उनले केही खुलाएका छैनन् ।

गत १५ अगस्टमा तालिबानले सत्ता कब्जा गरेपछि छात्राहरूलाई विद्यालय र कलेज पढ्न प्रतिबन्ध लगाइएको छ । त्यस्तै, महिलाहरूका विभिन्न हक अधिकार खोसिएका छन् । तालिबानको निर्णयप्रति ह्युमन राइट्स वाचकी हिदर बारले आपत्ति जनाएकी छिन् । ‘तालिबानले नयाँ आदेशले महिलालाई कैदी बनाउने निश्चित छ,’ उनले भनिन् ।

यसैबीच, लामो दुरीको यात्रा गर्न चाहने महिलाले आफूसँगै नजिकको पुरुष नेतादार हुनुपर्ने तालिबानले जनाएको छ । पुरुष आफन्तविना टाढा यात्रा गर्ने महिलालाई गाडीमा नचढाउन तालिबानले यातायात व्यवसायीलाई निर्देशन दिएको छ ।एजेन्सी

चर्चामा

सम्बन्धित समाचार