शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • क्रिसमस ट्रीमा आगो सल्किदा पेन्सिलभेनियामा बाबु र दुई छोराको मृत्यु

क्रिसमस ट्रीमा आगो सल्किदा पेन्सिलभेनियामा बाबु र दुई छोराको मृत्यु

  • आइतवार, पुस ११, २०७८
क्रिसमस ट्रीमा आगो सल्किदा पेन्सिलभेनियामा बाबु र दुई छोराको मृत्यु

अमेरिका — क्रिसमस मनाउने क्रममा आगलागी हुँदा बाबुसहित दुई छोराको मृत्यु भएको छ । अमेरिकाको पेन्सिलभेनियामा बिजुली सर्ट भएर एक घरमा गएराती आगलागी भएको थियो । बिजुली सर्ट भएर निस्कीएको आगो नजीकै राखिएको क्रिसमस रुखमा सल्कीएको थियो ।

सुख्खा क्रिसमस रुखमा सल्कीएको आगो अनियन्त्रित रुपमा फैलिएको थियो । आगो लाग्दा घरमा पाँच सदस्य दोस्रो तल्लामा सुतिरहेका थिए । आगो अनियन्त्रित रुपमा फैलिएकाले घर भित्र जान नसकिएको फायर मार्शललाई उदृत गर्दै सीएनएनमा समाचार छ ।

घरका सबै ढोकाहरु बन्द गरिएकाले फायर मार्सलहरु समयमै भित्र छिर्न नपाउँदा उनीहरुको ज्यान गएको हो । अन्य दुई जना भने जलेकै अवस्थामा भाग्न सफल भएका थिए ।

चर्चामा

सम्बन्धित समाचार