शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • नामको मात्र खुला दिशामुक्त बाजुरा जिल्ला

नामको मात्र खुला दिशामुक्त बाजुरा जिल्ला

  • शनिबार, पुस १०, २०७८
नामको मात्र खुला दिशामुक्त बाजुरा जिल्ला

बाजुरा–बाजुरा जिल्ला २०७१ साल मंसिर महिनामा खुला दिशामुक्त भएको थियो । अहिले पनि जिल्ला पुणर् सरसफाई अभियानमा लागेको छ । पुणर् सरसफाई अभियानमा स्थानिय सरकार लगायत सरकारी निकाय यो अभियानमा लागेका छन् । त्यस्तै युनिसेफ, सुआहारा, ग्रामिण जलस्रोत ब्यबस्थापन परियोजना, किड्याक, रेडक्रस, गिफ्ट बाजुरा, पिसवीन बाजुरा लगायतका गैर सरकारी संस्थाले करोडौ खर्च गरीरहेका छन् । तर जिल्लाका धेरै ठाँउमा भने अहिले पनि खुला ठाँउमा शौच गर्ने गरेका छन् । देखाउनलाई शौचालय निर्माण र केही ठाँउमा निर्माण भएको शौचालयमा पानिको अभाबले बन्द हुनुले खुला ठाँउमा दिशापिसाब गर्ने गरेको पाईएको छ ।
बाजुराका सतप्रतिशत बासिन्दाले शौचालय निर्माण भएको भन्दै जिल्लाई खुला दिशामुक्त गरिएको थियो । त्यहि आधार मानेर पुणर् सरसफाइमा सरकारी तथा गैर सरकारी संस्थाले काम गरीरहेका छन्, तर अहिले पनि धेरै बासिन्दा खुला ठाँउमा शौच गरीरहेको नागरिक समाजका लक्ष्मिराज पाध्ययाले वताए । देशकै १६ औ जिल्लाका रुपमा घोषणा गरिएको थियो । जिल्लाका नवौ स्थानिय तह र बिद्यालयमा खुला ठाँउमा दिशापिसाब देखिने गरेको पाईएको छ । “बनाईएका शौचालय प्रयोग बिहिन बनेका छन् । केही ठाँउमा पानिको अभाब रहेको छ, भने केही ठाँउमा स्थानियको लार्पवाहिका कारण खुलाठाँउमा जथाभाबि दिशापिसाब गर्ने गरेको एक शिक्षकले वताएका छन्” । अहिले त नामको मात्र खुलादिशामुक्त जिल्ला भएको उनले भनिन् ।
जिल्लामा पहिलो पटक २०६८ साल चैत २७ गते साविकको छतारा गाविस खुला दिशामुक्त गरिएको हो । तर सोहि गाँउमा धेरैले शौचालय प्रयोग नगरेर खुलाठाँउमा शौच गर्ने गरेको स्थानियले वताएका छन् । गाँउमा संस्थाका आएर चर्पी बनाउनु परयो भनेर दवाफ दिए तर पानिको ब्यबस्था भने गरेनन्, अनि पानि नभएपछि शौचालय बन्द भएको खप्तड छेडेदह गाँउपालिका २ का चक्र बुढाले वताएका छन् । जिल्लाका धेरै बिद्यालयमा शौचालय प्रयोग बिहिन बन्दा खुला ठाँउमा शौच गर्ने गरेका छन् । जिल्लाका धेरै बिद्यार्थी भएका जनप्रकाश उमाबि, त्रिशक्क्ति उमाबि, काँडा उमाबि, डोगडि उमाबि, स्वामीकार्तिक माबि लगायतका बिद्यालयमा शौचालय प्रयोग बिहिन बन्दा खुला ठाँउमा शौच गर्ने गरेको बिद्यालयले जनाएको छ ।
क्षेत्रिय खानेपानि तथा सरसफाई स्वच्छता समन्वय समितिको जिल्ला अनुगमन पछि बाजुरा खुला दिशा मुक्त गरिएको थियो । सरकारी तथा गैर सरकारी संस्थाहरुले खुला दिशामुक्त अभियानलाई पैशामुखी बनाउनु र जिल्लालाई खुलादिशामुक्त घोषणा भएको देखाउनका लागि हतार हतारमा खुलादिशामुक्त गरेको जिल्लावासिको गुनासो रहेको छ । सदरमुकाम मार्तडीमा पनि सार्वजनिक शौचालय प्रयोग बिहिन भएपछि सदरमुकाम मार्तडीमा पनि खुला ठाउँमा शौचा गरेको पाईन्छ ।

चर्चामा

सम्बन्धित समाचार