शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • क्रिकेट
  • प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता : सेमिफाइनलमा सुदूरपश्चिम

प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता : सेमिफाइनलमा सुदूरपश्चिम

  • बिहिबार, पुस ८, २०७८
प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता : सेमिफाइनलमा सुदूरपश्चिम

धनगढी — सुदूरपश्चिम प्रदेश धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। बिहीबार फाप्ला क्रिकेट मैदानमा भएको खेलमा प्रदेश नम्बर २ लाई ८७ रनले पराजित गर्दै सुदूरपश्चिम अन्तिम चारमा पुगेको हो।

टस हारे ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय ४३ रन बनायो। उसका लागि विन्दु रावलले अर्धशतकीय पारी खेलिन्। त्यस्तै रुवि पोदारले २१ रन, डल्ली भट्टले १५ रन बनाउँदा कविता जोशी र संगीता धामीले समान १३÷१३ रन बनाइन्।

प्रदेश २ का लागि विमला मगरले २ विकेट लिइन्। यस्तै साना प्रविन, अनुराधा चौधरीले एक÷एक विकेट लिइन्। १ सय ४४ रनको विजय लक्ष्य पछ्याएको प्रदेश २ ले २० ओभरमा ८ विकेट गुमाउँदै ५६ रन मात्रै बनाउन सक्यो। प्रदेश २ का लागि साना प्रविनले अविजित १४ र विमला मगरले १२ रन बनाइन्।

सुदुरपश्चिमका लागि कविता जोशी र लक्ष्मी साउँदले समान २÷२ विकेट लिइन्। इश्वरी विष्टले १ विकेट लिइन। सुदूरपश्चिमकी विन्दु रावल प्लेयर अफ द म्याच भइन्।

चर्चामा

सम्बन्धित समाचार