बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बडिमालिका
  • मार्तडीमा रहेको बहुउद्धेश्यीय कभर्डहल निर्माण सम्पन्न नहुदै अलपत्र

मार्तडीमा रहेको बहुउद्धेश्यीय कभर्डहल निर्माण सम्पन्न नहुदै अलपत्र

  • बिहिबार, पुस ८, २०७८
मार्तडीमा रहेको बहुउद्धेश्यीय कभर्डहल निर्माण सम्पन्न नहुदै अलपत्र

बाजुरा–बाजुराको सरदमुकाम मार्तडीमा रहेको बहुउद्धेश्यीय कभर्डहल अलपत्र अबस्थामा रहेको छ । ६ वर्ष अगाडी निर्माण कार्य शुरु गरिएको बहुउद्देश्यीय कभर्डहलको अहिले अलपत्र अबस्थामा रहेको छ ।
बहुउद्देश्यीय कभर्डहल भनेर नाम दिइएको भए पनि निर्माण पुरा नहुदा अलपत्र परेको छ । २०७३ बैशाख ११ गते तत्कालीन नेकपा एमालेका उपाध्यक्ष भीम रावलले कभर्डहल निर्माणको शिलान्यास गरेका थिए । नेकपा एमाले स्थायि कमिटि सदस्य कणर्बहादुर थापाले निर्माणको अगुवाइ गरेको कर्भडहल अलपत्र रहेकोमा खेलाडीले दुख ब्यक्त गरेका छन् ।
खेलकुद विकास समिति प्रदेश सरकार अन्तर्गत रहेको छ । बहुउद्धेश्यीय नाम दिएको कभर्डहलमा तिनै तहको सरकारको वेवास्ताका कारणले निर्माण पुरा नहुदै अलपत्र अबस्था रहेको स्थानिय बलबहादुर रोकायाले वताए । बाजुराको खेल क्षेत्रको विकास र यहाँका युवाहरुलाई खेल क्षेत्रतर्फ आकर्षित गराउने उद्देश्यका साथ उक्त कवर्डहल निर्माणको थालनि गरिएको थियो ।
कभर्डहल निर्माणकै लागि संघ प्रदेश र स्थानीय सरकारबाट १ करोड ६५ लाख रकम खर्च भईसकेको छ । तर पनि कभर्डहल अहिले जिणर् अवस्थामा रहेको छ । टिनको पाताले छोएको छानो पनि खिया लागेर जिणर् बन्दै गएको छ । कभर्डहल भित्र निर्माण गरिएको शौचालय तथा व्यबस्थापनाका लागि बनाइएको कोठाहरु पनि अलपत्र रहेका छन् । स्थानियले त शुरुमै यसमा कुनै संरचना नबनाउने जनाएका थिए ।
रकम अभावकै कारण कवर्डहल निर्माण कार्य विचमै अलपत्र परेको जिल्ला खेलकुद विकास समिति बाजुराका अध्यक्ष राकेश थापाले वताएका छन् । अहिले खेलकुदमैदान निर्माणका लागि प्रदेश सरकारले २ करोड बिनियोजन गरेको छ, यसमा लगानि नगरेर नयाँ ठाउँमा बनाउने थापाले वताए । शुरुमा निर्माण शुरुवात भएपनि पछि बजेट अभाबमा अलपत्र अबस्था रहेको उनले थपे ।
सदरमुकाममा सामान्य खालको खेल मैदान समेत नहुँदा यहाँका खेलाडीहरुले सरकारी विद्यालयसंग मैदानका लागि गुहार गर्नु पर्ने बाध्यता रहेको छ । बिचमा ठेकेदार, खेलकुद विकास समिति, तत्कालिन प्राबिधिक कार्यलय र नगपालिकाको चरम लार्पवाहिले अलपत्र परेको स्थानियको आरोप रहेको थियो ।
बडिमालिका नगरपालिका एकातिर खेलकुद बिकास समिति एकातिर भन्ने आरोपका बिचमा खेलकुद अलपत्र रहेको आरोप लागिरहेको थियो । बडिमालिका नगरपालिका नगरप्रमुख पदम बडुवालले भने खेलकुद विकास समिति प्रदेश अन्तर्गत हो, प्रदेशले संरचना बनाउनुपर्नेमा जोड दिन्छन् । स्थानिय भने यसलाई भत्काएर खेलमैदानका रुपमा परिणत गर्नुपर्ने वताउछन् ।

चर्चामा

सम्बन्धित समाचार