मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • त्रिवेणी
  • बाल केन्द्रित विपद् जोखिम न्यूनीकरण कार्यक्रम परियोजनाको समिक्षा एवं हस्तान्तरण

बाल केन्द्रित विपद् जोखिम न्यूनीकरण कार्यक्रम परियोजनाको समिक्षा एवं हस्तान्तरण

  • बुधबार, पुस ७, २०७८
बाल केन्द्रित विपद् जोखिम न्यूनीकरण कार्यक्रम परियोजनाको समिक्षा एवं हस्तान्तरण

बाजुरा — जिल्लाको त्रिबेणी नगरपालिकामा २०७८ पौष ६ गते देखी संचालन गरिएको बाल केन्द्रित विपद् जोखिम न्यूनीकरण कार्यक्रम परियोजना नेपाल रेडक्रस सोसाइटी बाजुराले त्रिबेणी नगरपालिकालाई हस्तान्तरण गरिएको छ । सन् २०१७ देखि २०२१ सम्म नेपाल रेडक्रस सोसाइटी बाजुरा जिल्ला शाखाद्धारा सञ्चालित परियोजनाको समिक्षा एवं हस्तान्तरण कार्यक्रम त्रिबेणी नगरपालिकामा एक कार्यक्रमका साथ सम्पन्न गरिएको हो ।
त्रिबेणी नगरपालिकामा नेपाल रेडक्रस सोसाइटी बाजुराको समन्वय तथा युनिसफेको सहयोगमा संचालित कार्यक्रमको अवधी समाप्त भएकोले सो पपिरयोजनाले गरेका कामहरु नगरपालिकालाई हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाईटी बाजुरा शाखाका सभापती रमबहादुर शाहीले बताएका छन ।
उक्त कार्यक्रममा कार्यक्रमका अध्यक्ष एवं नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बाजुराका सभापति रम बहादुर शाहीको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि त्रिबेणी नगरपालिकाकी उप प्रमुख राधिका देवि सुनार रहेकी थिइन, सो कार्यक्रममा त्रिबेणी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरनजीबी शाहीको आथित्यमा संचालन गरिएको नेपाल रेडक्रस सोसाइटी बाजुराले जनाएको छ ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बाजुराका मन्त्री, युनिसेफका प्रतिनिधी राजेश सारु मगर, नेपाल रेडक्रस सोसाईटी बाजुराका बाल केन्द्रित विपद् जोखिम न्यूनीकरण कार्यक्रम परियोजनाका परियोजना अधिकृत शिव प्रशाद सुवेदी, कार्यालयका कर्मचारी साथिहरु तथा अन्य सहभागिहरुको उपस्थितिमा सम्पन्न गरिएकोे परियोजना अधिकृत शिव प्रशाद सुवेदीले बताएका छन ।
त्यसैगरि उक्त समिक्षा एवं हस्तान्तरण कार्यक्रम समापन पछि यस कार्यालयको तर्फबाट उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुले बिदाई गरेको नगरपालिकले जनाएको छ ।
नेपाल रेडक्रस सोसाईटी केन्द्रिय कार्यालय, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बाजुरा, युनिसेफ, नेपाल रेडक्रस सोसाईटी कैलाशमाण्डौ उप शाखा, नेपाल रेडक्रस सोसाईटी छतारा उप शाखाका प्रतिनिधिहरुलाई तथा परियोजना अधिकृत शिव प्रशाद सुवेदी, टंक प्रशाद न्यौपाने, अनिता कुमारी रौले, कुन्ता साउँद लाई खादा, टिका, प्रशंसा पत्र, मायाको चिनो प्रदान गरी बिदाई गरिएको त्रिबेणी नगरपालिकाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार