मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • समाचार
  • माछालाई दाना दिन निस्केका बाबुनन्द चौधरीको शव पोखरीमा

माछालाई दाना दिन निस्केका बाबुनन्द चौधरीको शव पोखरीमा

  • मङ्लबार, पुस ६, २०७८
माछालाई दाना दिन निस्केका बाबुनन्द चौधरीको शव पोखरीमा

सप्तरी– सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका-२ स्थित ईटहर्वामा मंगलबार एक ५३ वर्षीय पुरुषको पोखरीमा डुबेको अवस्थामा शव फेला परेको छ । स्थानीय बाबुनन्द चौधरीको आफ्नै घर नजिकै रहेको पोखरीमा डुबेको अवस्थामा शव फेला परेको हो ।

सोमबार दिउँसो पोखरीमा माछालाई दाना हाल्न घरबाट निस्केका चौधरी साँझसम्म घर नफर्केपछि पोखरीलगायत आफन्तहरू भएको सबै ठाउँमा रातभर खोजतलास गरिएको गरिएको थियो ।

खोजी गर्ने क्रममा पोखरीमा मंगलबार बिहान ८ बजे पुनः हेर्न जाँदा उनले लगाएको चप्पल पानीमा तैरिएको देखेपछि महजाल लगाउँदा शव डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

चौधरीको शवलाई आवश्यक प्रक्रिया पूरा गरी परीक्षणका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

चौधरीको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता काफ्लेको भनाई रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार