बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा पिसिआर ल्याब सेवा सञ्चालनमा

बाजुरामा पिसिआर ल्याब सेवा सञ्चालनमा

बाजुरामै कोरोना भाइरसको चेकजाँच शुरु

  • मङ्लबार, पुस ६, २०७८
बाजुरामा पिसिआर ल्याब सेवा सञ्चालनमा

बाजुरा–बाजुरा जिल्लामा पहिलो पटक पिसिआर ल्याब सेवा सञ्चालनमा आएको छ । जिल्ला अस्पताल बाजुराले कोभिड जाँचको लक्षित गर्दै पिसिआर ल्याब सञ्चालनमा ल्याएको अस्पताल बाजुराका प्रमुख डा. प्रकाशराज जोशिले वताएका छन् ।
लामो समयको प्रयास पछि पिसिआर ल्याब सुचारु गर्न सफल भएको जोशीले वताएका छन् । कोभिड जाँचका लागि यो भन्दा पहिला धनगढी, डोटि लगायत जिल्ला बाहीर जानुपर्ने बाध्यता रहेको थियो । सेवा सञ्चालनमा ल्याएर ७७ जनाको स्वाब परिक्षण समेत गरिसकेको छ । ७७ जनामा ६ जनामा कोरोना पोजेटिभ देखा परेका अस्पताल बाजुराले वताएको छ ।
बाजुरामा सञ्चालनमा ल्याएको ल्याबको गुणस्तरीय समेत जाँच सफल भइसकेको छ । यता चेक गरेको स्वाब काठमाडौ पठाउदा पनि यहाँको ल्याब राम्रो रहेको प्रमाणित भइसकेको प्रमुख जोशीले वताए । पिसिआर ल्याब सेवा सञ्चालन नहुदा ऐनटिजेन जाँच र स्वाब संकलन गरेर जिल्ला बाहीर जानुपर्ने बाध्यता हटेको छ । बर्षातको बेला पिसिआर जाँच गरेको रिपोट आउने १ हप्ता कुर्नुपरेको थियो, बाटो अबरोध हुदा जिल्ला बाहीर पठाउदा निकै समस्या हुने गरेको थियो ।
पिसीआर ल्याब सञ्चालनका लागि संघिय सरकार, प्रदेश सरकारले लगानि गरेको थियो । धेरै सामान संघिय सरकार बाट सांसद लाल बहादुर थापाको पहलमा बाजुरा ल्याएको थियो, भने अपुग सामान अस्पताल बाजुराले २७ लाखमा टेन्डर गरेर खरिद गरेको हो ।
सेवा सञ्चालनका लागि अस्पताल बाजुराले मेडिकल ल्याब टेक्नोलोजी अधिकृत राम बिष्टलाई नियुक्त गरेको छ । जिल्लामै पिसिआर सञ्चालनमा आएपछि अब जिल्लामा कोभिड जाँच गर्न पहिलाको जस्तो समस्या नहुने प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले वताएका छन् । ल्याब सेवा सञ्चालनका धेरै प्रयास गरेपछि सबैको सहयोग बाट सञ्चालनमा आएको अधिकारीले वताए । कोभिडको चेक जाँचको लागि अन्यन्त्र जिल्लाहरुमा जानु पर्ने र रिर्पोट आउन समेत ढिलो हुने खर्च अत्याधिक खर्च हुने गरेको थियो, अब सहज भएको अधिकारीले वताए ।
पिसिआर ल्याब सेवा सञ्चालनमा आएपछि अन्य भाइरस र ब्याक्टरीयाको जाँच पनि हुने गरेको छ । अन्य कुनै सरुवा रोग फैलिएमा रोग पहिचानको लागि जाँच गर्न धनगढी, नेपालगञ्ज, काठमाडौ पठाउनु पर्ने गरेको थियो अब यहि ल्याब बाट अन्य जाँच हुने भएकाले सहज भएको अस्पताल बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार