बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • अष्ट्रेलियामा भेटियो संसारकै अनौठो जीव, जसका १ हजार ३०६ वटा खुट्टा छन् !

अष्ट्रेलियामा भेटियो संसारकै अनौठो जीव, जसका १ हजार ३०६ वटा खुट्टा छन् !

  • मङ्लबार, पुस ६, २०७८
अष्ट्रेलियामा भेटियो संसारकै अनौठो जीव, जसका १ हजार ३०६ वटा खुट्टा छन् !

काठमाडौं — पृथ्वीमा कैयन् यस्ता अनौठा तथा दुर्लभ जीवहरु छन् जसका बारेमा आम मानिसलाई थाहै हुँदैन। कतिपय यस्ता जीवहरु त वैज्ञानिकहरुले बल्ल पत्ता लगाउँदै छन्। यस्तै एउटा जीव हालै फेला परेको छ। उक्त जीवको सरीरमा १३ सय ६ वटा खुट्टा छन्। सो जीव जमीनमुनि निकै गहिराइमा बस्दछ।

अष्ट्रेलियाका जीव वैज्ञानिकहरुले संसारको पहिलो तथा दुर्लभ मिलिपेड्स नामक किरा पत्ता लगाएका छन्। हालसम्म पृथ्वीमा अधिकतम ७५० वटा सम्म खुट्टा भएको जीव फेला परेकोमा यो मिलिपेड्सको सरीरमा १,३०६ वटा खुट्टा छन्।

वैज्ञानिकहरुका अनुसार पृथ्वीमा आजभन्दा ४० करोड वर्षअघि मिलिपेड्सको उत्पत्ति भएको हो। मिलिपेड्सको अर्थ हजार खुट्टा भएको जीव भन्ने हुन्छ । तर हालसम्म यो जीवमा हजारवटा खुट्टा भेट्टाइएको थिएन।

सबैभन्दा धेरै खुट्टा भएको मिलिपेड्स इलाक्मे प्लेनिप्स प्रजातिको थियो, जसको ७५० वटा खुट्टा हुन्छन्। उक्त प्रजातिको किर्तिमान भंग गर्नेगरी वैज्ञानिकहरुले हालै १३०६ वटा खुट्टा भएको मिलिपेड्स पत्ता लगाएका हुन्। उक्त जीवको वैज्ञानिक नाम इयुमिलिप्स पर्सेफोन हो।

यो जीव हल्का पहेँलो रङको छ। अनौठो त के भने लामो धागो जस्तै देखिने यो जीवका आँखा छैनन्। यो जीवको सरीरको चौडाइको तुलनामा लम्बाई १ सय गुणा धेरै छ। यसको टाउको आइसक्रिम कोन जस्तै छ जसमा धेरै एन्टेना रहेका छन्। ती एन्टेनाले नै त्यसलाई अँध्यारोमा हिड्न सहयोग गर्दछन्। यो मिलिपेड्सले ढुसी खाने गर्दछ।

अष्ट्रेलियाको खनिज उत्खनन गरिरहने क्षेत्रमा वैज्ञानिकहरुले यो जीव फेला पारेका हुन्। त्यसक्रममा २ वटा भाले र दुईवटा पोथी मिलिपेड्स फेला परे। जसमध्ये पोथीको सरीरमा १३०६ वटा खुट्टा छन् भने भालेको सरीरमा ९९८ वटा खुट्टा रहेका छन्।

वैज्ञानिकहरुले सुक्ष्मदर्शक यन्त्रको सहयोगमा खुट्टाको गणना गरेका थिए। वास्तवमा त्यसरी खुट्टा गन्ती गर्नु सजिलो थिएन किनकी यो जीव बाह्य चिजले छुँदा तत्कालै आफ्नो सरीरलाई गोलो बनाएर बेर्दछ।

यो जीवको औषत आयू ५ देखि १० वर्षसम्म हुने बताइएको छ। जमिनभन्दा २ सय फिट तल बस्ने यो जीवलाई सतहमा देख्न मुस्किल हुन्छ। एजेन्सी

चर्चामा

सम्बन्धित समाचार