सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराका ३ कृषकलाई भिमदत्त उत्कृष्ठ पुरस्कार

बाजुराका ३ कृषकलाई भिमदत्त उत्कृष्ठ पुरस्कार

  • शुक्रबार, पुस २, २०७८
बाजुराका ३ कृषकलाई भिमदत्त उत्कृष्ठ पुरस्कार

बाजुरा — जिल्लाका ३ जना कृषकहरुलाई भिमदत्त उत्कृष्ठ पुरस्कार प्रदान गरिएको छ । क्रान्तीकारी नेता भिमदत्त पन्तको नामबाट राखिएको पुरस्कार यो बर्ष बाजुराका ३ जना कृषकले प्रदान गरिएको हो । सुदुर पश्चिम प्रदेश सरकार भुमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालय कृषि बिकाश निर्देशनालयको कृषकलाइ सम्मान कार्यक्रम अन्तरगत सो पुरस्कार बितरण गरिएको कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी मिन प्रसाद जोशीले बताए ।
जिल्लाका उत्कृष्ठ कृषकमा बडिमालिका नगरपालिका वडा न ७ का राम बहादुर धामी बडिमालिका नगरपालिका वडा न ३ का डबल बहादुर रोकाया र बडिमालिका नगरपालिका वडा न ४ का हर्क नाथ रहेका छन । उनलाई जनही २५ हजार नगद र सम्मान पत्र सहित सम्मान गरिएको कृषि बिकाश निर्देशनालय राजपुर डोटीले जानकारी दिएको छ ।
सुदुर पश्चिम प्रदेशका ९ ओटै जिल्लामा प्रत्येक जिल्लाका ३ जना उत्कृष्ठ कृषकहरुलाई सम्मान गर्ने प्रदेश सरकारको कार्यक्रम अन्तरगत सो कार्यक्रममा बाजुराका ३ जना कृषक परेको निर्देशनालयले जनाएको छ ।

नौ ओटै जिल्लाका २७ जना कृषकहरुलाई २१ ओटा बिधा मध्यबाट छनौट गरी सम्मान गरीएको जनाएको छ । २१ बिधामा तरकारी फलफुल अन्नबाली, भेडा बाख्रा पालन माछा पालन लगायतका बिधाहरु रहेको र सो मध्य मन्त्रालयले उत्कृष्ट कृषक छनोट गरी सम्मान गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ । जसमा बाजुराबाट यो बर्ष ३ जनाको मात्रै दरखास्त परेकोले तिनै जना सम्मानीत भएको निर्देशनालय डोटीले जनाएको छ ।
कृषि ज्ञान केन्द्र बाजुराको आयोजनामा गरिएको सम्मान कार्यक्रमको अध्यक्षता कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख हरि प्रसाद पनेरु रहेका थिए । कृषि ज्ञान केन्द्रका सुचना अधिकारी मिन प्रसाद जैशीले संचालन गरेको कार्यक्रमको प्रमुृख अतिथि प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी रहेका थिए । कार्यक्रममा जिल्ला स्थित संचार माध्याममा कार्यरत पत्रकारहरुको समेत उपस्थिती रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार