बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • खेलकुद
  • ए डिभिजन लिग : आजबाट पाँचौँ चरणका खेल हुँदै

ए डिभिजन लिग : आजबाट पाँचौँ चरणका खेल हुँदै

  • शुक्रबार, पुस २, २०७८
ए डिभिजन लिग : आजबाट पाँचौँ चरणका खेल हुँदै

सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबारबाट पाँचौँ चरणका खेल आरम्भ हुँदै छन् । तीन चरणको खेल तालिका सार्वजनिक हुँदा मनाङका तीन खेल पोखरामा हुँदैछन् । लिगअन्तर्गत अबका तीन चरण निकै रोचक हुने अनुमान गरिएको छ । सातौँ चरणको समाप्तिमा एएफसी क्लब लाइसेन्स प्राप्त ४ टोलीमध्ये शीर्षस्थानमा रहने टोलीले एएफसी कपको छनोट चरण खेल्ने टुङ्गो लाग्नेछ ।

शुक्रबारबाट सहिद स्मारक ए डिभिजन लिगमा पाँचौँ चरणका खेल आरम्भ हुँदा दिनको पहिलो खेलमा सातदोबाटो युथ क्लबले विभागीय टोली त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्दै छ । अन्डरडगको रुपमा हेरिएको सातदोबाटो क्लब विभागीय बलियो टोलीलाई रोक्दै अङ्कका लागि खेल्दा आर्मीले एएफसी कपको छनोट चरण खेल्ने लक्ष्य लिएर स्पष्ट तीन अङ्कका लागि खेल्दै छ । सातदोबाटो युथ क्लबका सहायक प्रशिक्षक सुरज महर्जनले आर्मीलाई रोक्दै तीन अङ्कका लागि खेल्ने बताए । यस्तै अन्य टोलीका प्रशिक्षकले पनि तीन अङ्कका लागि पाँचौँ चरणका खेलमा प्रतिस्पर्धा गर्ने बताए ।

लिग अन्तर्गत दिनको दोस्रो खेलमा सङ्कटा र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । लिगमा चौथो चरणका खेल सकिँदा तेस्रो चरणमा अङ्क जोड्न असफल भएका टोलीले खाता खोलेका छन् । एन्फाले नवौँ चरणको खेल तालिका सोमबार सार्वजनिक गरेको थियो । त्यसमध्ये मनाङले खेल्ने ३ खेल पोखरामा हुनेछन् भने बाँकी सबै खेल दशरथ रंगशालामा हुँदैछन् ।

चर्चामा

सम्बन्धित समाचार