शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • स्वास्थ्य अधिकार सुधार परियोजनाको समिक्षा बैठक सम्पन्न

स्वास्थ्य अधिकार सुधार परियोजनाको समिक्षा बैठक सम्पन्न

  • बिहिबार, पुस १, २०७८
स्वास्थ्य अधिकार सुधार परियोजनाको समिक्षा बैठक सम्पन्न

बाजुरा — बाजुरा जिल्लाका ३ नगरपालिकासहित २ गाउँपालिकामा सन २०२० देखि संचालन हुँदै आएको स्वास्थ्य अधिकार सुधार परियोजनाको जिल्ला स्तरीय समिक्षा तथा योजना बैठक मार्तडीमा सम्पन्न भएको छ । कोईकाको आर्थिक सहयोग तथा गुडनेवर्स इन्टरनेशनल, पिसवीन, किर्डाकको प्राविधिक सहयोगमा उक्त परियोजनाको जिल्ला स्तरीय समिक्षा तथा योजना बैठक सम्पन्न भएको हो ।

परियोजना लागु भएका बडीमालिका, बुढीगंंगा, त्रिवेणी नगरपालिका, गौमुल गाउँपालिका र खप्तड क्षेडेदह गाउँपालिकामा २ वर्षको अवधिमा गरेका क्रियाकलापहरुको बारेमा जिल्ला स्थित सरोकारवाला निकायहरुलाई जानकारी दिने र आगामी वर्ष परियोजनालाई कसरी संचालन गर्ने भन्ने उद्देश्यका साथ जिल्ला स्तरीय समिक्षा तथा बैठकको आयोजना गरिएको थियो ।
परियोजनाले यस वर्ष पाँचवटै पालिकाका विद्यालयमा धारासहितको सुविधा सम्पन्न सौचालय निर्माण र विद्यालयमा अध्ययनरत किसोरीहरुका लागि ४ करोड बढी रकम खर्च गरेको जनाएको छ । त्यसैगरी परियोजनाले कार्यक्रम लागु भएका पाँच वटै पालिकाका ६ हजार ३ सय ८३ जना किसोरीहरुलाई सेनेटरी प्याडको व्यवस्था समेत गरेको थियो ।
परियोजनाले विशेष गरी विद्यालयमा अध्ययनरत महिनावारी भएका किसोरीहरुको व्यवस्थापनमा ठुलो सहयोग पुगाएको छ ।विहिबार सदरमुकाम मार्तडीमा गरिएको परियोजनाको जिल्ला स्तरीय समिक्षा कार्यक्रममा परियोजनाले हालसम्म गरेका र आगामी वर्षमा गरीने क्रियाकलापहरुको बारेमा स्वास्थ्य अधिकारी सुधार परियोजनाका जिल्ला संयोजक देवेन्द्र शाहले जानकारी गराएका थिए ।

पिसविन बाजुराका कार्यक्रम अधिकृत महेश जोशीले संचालन गरेको कार्यक्रमको अध्यक्षता पिसविन बाजुराकी कोषाध्यक्ष पार्वती जोशीले गरेकी थिईन् । उक्त परियोजनाको जिल्ला स्तरीय समिक्षा तथा योजना बैठकमा जिल्लास्थित विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार