शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • विचार/ब्लग
  • एम सीसी बिरुद्धको आवाज!

एम सीसी बिरुद्धको आवाज!

  • बिहिबार, पुस १, २०७८
एम सीसी बिरुद्धको आवाज!

सुरेशकुमार पान्डे — देश बिदेशमा एम सी सी को बिरूद्धमा लगातार बिरूध प्रदर्शनहरू हुँदै आएकाछन।राजनीतिका ठुला पार्टीहरू आ-आफ्नो महाधिबेशनमा पद र प्रतिष्ठाका लागि प्रदिशप्रधा गर्दैछन।उनिहरूलाई देशका जनताहरूको आवाज सँग कुनै सरोकारनै छैन उनिहरूको आफ्नै रोईलोछ।एउटा साम्राज्यवादी देशको स्वार्थ पुरागर्न आफ्नो देशलाई दाउँमा लगाउँने देशका कथित मन्त्रीहरू एम सीसी पारित गराउँन तछाड मछाड छन।
अंग्रेज साम्राज्यवादले एम सीसी लागु गराउँन जति जोड लगाएकोछ यसलाई देख्दा धेरै अशुभ संकेत देखिन्छ।यो मिलिनियम च्यालेञ्ज कार्पोरेशन एम सीसी का उपाध्यक्ष फातिमा सुमारको नेतृत्वमा सहायक उपाध्यक्ष जोनाथन ब्रुरक्स सहितको टोलि चार दिने भर्मणमा आए फर्केपछि लगातार झन जोड लगाएकोछ।त्यो बेला देशमा तेत्रो बिरोध देखेर भोगेर गएपछि पनि उस्ले झन जोड लगायो।
भर्खरै आर्को प्रतिनिधि आएर फर्किएका हुन।अहिले मंगसिर २८गते त्यो संसदमा प्रस्तुत गर्ने सरकारको योजना भयको थाहा भयपछि देशमा लगातार बिरोधका आवाजहरू घनकिएकाछन।राष्ट्रीय जन मोर्चा ले सुरू देखिनै एमसीसीको बिरोध र भण्डाफोर्ड गर्दै आएकोछ।
अमेरिकि सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कार्पोरेशन (एमसीसी)सन२०१७मा हश्ताक्षर भैसकेको यो कथित अनुदान अहिले घांटिको हाड भएकोछ।हाम्रा नेता हरूले आफु सरकारमा बसेको बेला अगाडि पछाडि केहि नसोचेर साम्राज्यवादको दवाब र आफ्नो लालचमा आर्थिक फाईदा उठाउँने र सत्तामा बसिरहने उदेश्यले असमान सम्झौताहरू गर्ने गर्छन।जसलाई लागु गर्न उनिहरूले नेपाली जनताको बलि चडाउँने देशलाई धरापमा पार्ने काम गर्दै आएको ईतिहासनैछ।एम सीसीको बोर्ड आँफ डारेक्टरको २०१७अगस्तमा बसेको बैठकले नेपाललाई त्यो बेला लगभग ५०अर्बको अनुदान दिने निर्णय गरेको थियो।सोहि अनुसार एमसीसी र नेपाल सरकारको बिचमा२०७४भाद्र२९गते(मिलेनियम च्यालेन्ज-कम्प्याक्ट)सम्झौता समपन्न भएको थियो।त्यो सम्झौतामा त्यो बेलाका अर्थ मन्त्री ज्ञानेन्द्र बहादुर कार्की र अमेरिकी एम सीसी कार्यक्रमका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत जोनाथन नाशले हश्तक्षर गरेकाछन।
नेपाली जनता सँग ढांटेर आफ्नो मन मर्जिले मन्त्रीहरूले गर्ने अन्तरराष्ट्रीय सन्धि र सम्झौताले गर्दा देशमा सङ्कट आउँने गर्छ।
हाम्रो देशमा बहुदलिय ब्यबस्थाको सुरूवात देखिनै यो परमपरा चल्दै आएकोछ।पहिले कृष्णपर्साद भट्टराईले हेलिकप्टर लिएर जांदा पनि जनताले ब्यापक बिरोध गरेकैहो।पछि गिरिजा प्रसाद कोईरालाले टनकपुरको सन्धि गर्दा पनि उन्ले आफ्नै पार्टी सँग लामूसमय सम्म लुकाएका थिए।जस्लाई पछि एमालेले जनताको आँखामा छारो हालेर उक्त टनकपुर सन्धि पारित गराएकाथिए।बाबुराम भट्टराईले बिप्पा भित्राएका थिए।यस्ता कयौं उधारणहरू भेटिन्छन देश र जनताको अहितमा मन्त्रीहरू स्तरिए अन्तरराष्ट्रिय सन्धि र सम्झौता हुनेगर्छन जसले देशलाई उठ्न दिएकोछैन।मन्त्री बनेपछि उनिहरूले गर्दै आएको बिदेशि सँगको दलालिले देशमा सधै नोक्सान हुँदै आएको कुरा सबैलाई ज्ञातनै छ।
हाम्रो देशका जनताहरू विर छन लडाकुछन र दयालु पनि खुबै छन यसैको फाईदा उठाएर बिदेशीहरूले आफ्नो योजना लागु गराउँन हाम्रै देशका जनताहरूलाई उपयोग गर्दै आएकोछ। साम्राज्यवादले सधैभरी आपसमा लडाउँने गरेकोछ।त्यो राजनीतिक पार्टीको रूपमा वा ब्याक्तिको रूपमा अगाडि सारेको हुन्छ।देशभित्र बड्दो वामपन्थिहरूलाई देखेपछि उनिहरूकै बिचमा प्रदिशप्रधा गराएर आफ्नो योजना सफल पार्न खोजेको हुन्छ।
बिदेशी साम्राज्यवादले कुनै एउटा पार्टीलाई होईन कहिले कुन कहिले कुनलाई आफुतिर खिचेर आफ्नो शड्यन्त्र पुरागर्दछ।जस्तै बिगतमा प्रचण्डलाई र पछि उस्ले ओलिलाई उपयोग गर्यो अहिले कांग्रेस उस्को नजरमा छैन भन्न सकिदैन।अंग्रेजि साम्राज्यवादको उदेश्य हाम्रो देशलाई आफ्नो शंरक्षणामा राखेर नव साम्राज्यवादी उर्जामान रूपमा अगाडि बडेको चीनलाई घेर्ने यो रणनीति हो।
हाम्रो देश दुबै बिशाल देशको बिचमा रहेको एउटा सानो देश जो अर्ध उपनेबेसिक अबस्थामाछ यस्तो देशलाई कुनै एउटा देश तर्फ लप्किने वा ब्रिटिश साम्राज्यवादको आखडा बनेपछि त्यो बाट हुने नोक्सान भनेको आफ्नो स्वतन्त्र अस्तित्व गुमाउँनुहो।एउटा असलंगन देशले अमेरिकन साम्राज्यवादी मुलुकलाई साथ दिनेहो भने भोलिको दिनमा नेपाल भन्ने देश विस्वको मानचीत्रमा न रहन सक्छ।त्यसले गर्दा हामिले यि र यस्ता खाले सम्झौता बाट बच्न पर्छ।अहिले जसरी पनि यो योजनालाई लागु गर्न दिनु हुँदैन।कयौं नेताहरूले एमसीसी लागुगराउँन साम्राज्यवादी सँग सांठगांठ गरेकाछन।त्यो दलालि वास्तबमा उन्का लागि पनि आत्माघाति हुनेछ।एमसीसी कुनैपनि हालतमा देशको हितमा छैन र देशका जनताको हितमा पनिछैन।बरू देशमा ल्याईएको संघियतालाई खारेज गरेर देशलाई आर्थिक सङ्कट बाट मुक्त गर्न सकिन्छ।यो खर्चले हामि हाम्रो देशमा उद्दोग कारखानाहरूको बनाएर जनतालाई रोजगारको ब्यबस्था गर्न सकिन्छ।एमसीसीलाई पारित गराएपछि देश झनैठुलो संकटमा पर्नेछ।
अहिले देशका तमाम देशभक्तहरू बद्धिजीवीहरू पत्रकार लेखक र रास्ट्रीय राजनीतिक पार्टीहरू सबै मिलेर एमसीसी जस्तो महारोगलाई परास्त गर्नुपर्छ।देशको रक्षा गर्ने जीम्मा देशका नागरिकको नै हुनेगर्छ।

चर्चामा

सम्बन्धित समाचार