बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • उपसभापति पदको मतगणना शुरु, तीन ठाउँमा गनिँदै

उपसभापति पदको मतगणना शुरु, तीन ठाउँमा गनिँदै

  • बुधबार, मंसिर २९, २०७८
उपसभापति पदको मतगणना शुरु, तीन ठाउँमा गनिँदै

काठमाडौं — नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको मतगणना शुरु भएको छ । पार्टी कार्यालय सानेपामा उपसभापतिको मतगणना तीन ठाउँमा गरिएको निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसमा दुई जना उपसभापतिका लागि ७ जना प्रतिस्पर्धामा छन् । जसमा सभापति शेरबहादुर देउवाको प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, शेखर कोइराला प्यानलबाट धनराज गुरुङ र चन्द्र भण्डारी, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला र विमलेन्द्र निधि प्यानलबाट दिव्येश्वरी शाह उम्मेदवार छन् । त्यस्तै महेश आचार्यले पनि उपसभापतिमा उम्मेदवारी दिएका छन् ।

१४ औं महाधिवेशनबाट सभापति पदमा शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् ।

उपसभापति पदको गणना सकिएपछि महामन्त्री पदको मतगणना शुरु गर्ने निर्वाचन समितिका सदस्य सीताराम केसीले बताए ।

चर्चामा

सम्बन्धित समाचार