आइतवार, असार १४, २०८३
  • होमपेज
  • शिक्षा
  • १५ सय ४४ शिक्षकको नयाँ पदपूर्तिको लागि बुधबार विज्ञापन खुल्दै

१५ सय ४४ शिक्षकको नयाँ पदपूर्तिको लागि बुधबार विज्ञापन खुल्दै

  • मङ्लबार, मंसिर २८, २०७८
सेयर गर्नुहोस् :
१५ सय ४४ शिक्षकको नयाँ पदपूर्तिको लागि बुधबार विज्ञापन खुल्दै

काठमाडौं — शिक्षक सेवा आयोगले माध्यमिक तहको विज्ञापन खुलाएको छ। आयोगले १ हजार ५ सय ४४ शिक्षकको नयाँ पदपूर्तिको लागि खुला विज्ञापन गरेको सूचना अधिकारी सुदर्शन मरहठाले जानकारी दिए।

उनका अनुसार पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म अविलम्ब शुल्कमा परीक्षा आवेदन फारम भर्नुपर्ने छ। ‘चैत १५ परीक्षा सञ्चालन हुनेछ। परीक्षा आवेदन फारम अनलाइनबाट भर्ने व्यवस्था गरिएको छ,’ उनले भने।

विज्ञापन भोलिको गोरखापत्र दैनिकमा प्रकाशन हुने उनले बताए।अन्नपूर्णमा छ ।

चर्चामा

सम्बन्धित समाचार