बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • भूपेन्द्र हत्याका आरोपीलाई धरौटीमा छाडेको विरोधमा अदालतबाहिर प्रदर्शन

भूपेन्द्र हत्याका आरोपीलाई धरौटीमा छाडेको विरोधमा अदालतबाहिर प्रदर्शन

  • सोमवार, मंसिर २७, २०७८
भूपेन्द्र हत्याका आरोपीलाई धरौटीमा छाडेको विरोधमा अदालतबाहिर प्रदर्शन

धनगढी — कैलालीकाे लम्किचुहा नगरपालिका-३ का भूपेन्द्र बडुवालकाे हत्यामा संलग्न भएकाे आराेपमा पक्राउ परेकाहरूलाई धराैटीमा रिहा गरेकाे भन्दै आफन्त र परिवारजनले जिल्ला अदालतबाहिर प्रदर्शन गरेका छन् ।

पीडित पक्षले साेमबार धनगढीमा प्रर्दशनसहित जिल्ला अदालत अगाडि धर्ना दिएका छन् । मान्छे मार्न पाइदैन, न्यायलय बिक्न बन्द गर, फरार अभियुक्तलाई इन्काउन्टर दे लगायतका नारा लगाएका छन् । जिल्ला अदालत अगाडि अहिले उनीहरू नाराबाजी गरिरहेका छन् ।

गत कात्तिक २३ गते टीकापुरमा धारिलाे हतियार प्रहारबाट लम्कीचुहाका भूपेन्द्रको हत्या भएको थियो । हत्या आराेपमा प्रहरीले १२ जनालाई पक्राउ गरेकाे थियाे भने अन्य ९ जना अझै फरार छन् । उक्त मुद्दामा थुनछेक बहसपछि कैलाली जिल्ला अदालतले ९ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएकाे थियाे भने तीन जना धराैटीमा छुटेका थिए ।

चर्चामा

सम्बन्धित समाचार