आइतवार, असार १४, २०८३
  • होमपेज
  • समाचार
  • कैलालीको एक क्याम्पसमा टिकटक बनाउन रोक, कारबाही गरिने

कैलालीको एक क्याम्पसमा टिकटक बनाउन रोक, कारबाही गरिने

  • आइतवार, मंसिर २६, २०७८
सेयर गर्नुहोस् :
कैलालीको एक क्याम्पसमा टिकटक बनाउन रोक, कारबाही गरिने

धनगढी — कैलालीको एक क्याम्पसले परिसरभित्र भिडियो शेयरिङ प्लेटफर्म ‘टिकटक’ बनाउन रोक लगाएको छ। विद्यार्थीहरुले क्याम्पस हाताभित्र स्मार्ट मोबाइलको प्रयोग गरि लगातार टिकटक बनाइरहेको गुनासो आएपछि जिल्लाको घोडाघोडी बहुमुखी क्याम्पस सुखडले यस्तो निर्णय गरेको हाे।

आइतबार एक सूचना नै जारी गरेर क्याम्पसले अब उपरान्त क्याम्पसको संरचना आउने तथा पोशाकमा टिकटक बनाइएको पाइएमा मोबाइल नियन्त्रणमा लिइ आचारसंहिता अनुसार कारबाही गरिने बताएको छ।

चर्चामा

सम्बन्धित समाचार