आइतवार, असार १४, २०८३
  • होमपेज
  • समाचार
  • आगामी तीन दिनको मौसम पूर्वानुमान

आगामी तीन दिनको मौसम पूर्वानुमान

  • आइतवार, मंसिर २६, २०७८
सेयर गर्नुहोस् :
आगामी तीन दिनको मौसम पूर्वानुमान

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आइतबार गण्डकी र प्रदेश १ मा आंशिक देखी सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ।

सोमबार भने सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

मंगलबार गण्डकी प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

चर्चामा

सम्बन्धित समाचार