बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा ट्राफिकको लापरबाहीले गर्दा दुर्घटना बढ्दै

बाजुरामा ट्राफिकको लापरबाहीले गर्दा दुर्घटना बढ्दै

  • सोमवार, मंसिर २०, २०७८
बाजुरामा ट्राफिकको लापरबाहीले गर्दा दुर्घटना बढ्दै

बाजुरा — जिल्लामा पछिल्लो समय सवारी दुर्घटनाहरु बढ्दै गएका छन । बाजुरामा ट्राफिक प्रहरीको लापरबाही पनि पहिलो कारण रहेको छ । ट्राफिकले कडा निग्रानी नगरेकै कारण सवारी दुर्घटनाका घटनाहरु बढ्दै गएको स्थानीयले जनाएका छन । एक सातामा बाजुरामा सवारी दुर्घटनामा परी ३ जनाले ज्यान गुमाई सकेका छन । एक साता पहिले जीप दुर्घटनामा परी एक जनाकाे मृत्यु भइसकेकाे छ ।
आईतबार साझँ अटोरिक्सा दुर्घटनामा परी २ जनाले ज्यान गुमाएको प्रहरीको भनाई रहेको छ । एक साता पहिले जीप दुर्घटना हुदा एक जनाले ज्यान गुमाएका थिए ।

बाजुरामा एक सातामै २ ओटा सवारी दुर्घटना हुन ट्राफिक प्रहरीको सबै भन्दा बढि लापरबाही रहेको नागरिक अगुवाहरुले बताएका छन । बाजुरा चल्ने अटो रिक्सा चालकहरु कसैको पनी सवारी चालक अनुमती पत्र छैन भन्ने जानकारी हुदा हुदै ट्राफिक नै मुखदर्सक भएको देखीन्छ ।
आईतबार भएको अटो रिक्सा चालक फरार रहेका भए पनि प्रहरीले खोजी गरी नियन्त्रणमा लिईसकेको र थप अनुसन्धन भईरहेको जनाएको छ ।
्रहरीका अनुसार चालकले भखर सवारी चालक अनुमती पत्र बनाएको भन्ने आएको छ तर प्रहरीले हेर्न बाँकी रहेको प्रहरी निरीक्षकले बताएका छन ।
सदरमुकाम मार्तडी बाट जडाङगा तिर जादै गरेको अटो हिजो साझँ ५ बजेर ३० मिनेटमा दुर्घटना भएको जनाएको छ । अटो सडकबाट दुई सय मिटर तल बुढीगंगा नदिको खोलामा परेको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार