शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • राजनीतिमा ओझेल परेका अधिकारी

राजनीतिमा ओझेल परेका अधिकारी

  • आइतवार, मंसिर १९, २०७८
राजनीतिमा ओझेल परेका अधिकारी

२००७ साल भाद्र १८ गते बुबा ज्ञान बहादुर अधिकारी र आमा अमनी अधिकारीको खोक बाट जन्मेका रण बहादुर अधिकारीको प्राररम्भिक शिक्षा बाँधु प्राथमिक विद्यालय भारती कौषाडीमा कक्षा पाँच सम्म भएको थियो।आर्थिक अभावका कारण विद्यालय शिक्षा पुरा गर्न नपाइ रोजीरोटीका लागि नेपाली सेनामा भर्ति भएर नेपाल आर्मीको आर्मी अस्पतालमा मेडिकल कोर्ष प्राप्त पश्चात नेपाली सेनामा केहि बर्ष काम गरेपछि अमलदार पद बाट वि.स.२०२८ सालमा जागिर राजीनामा दिएर समाजसेवामा लागेका राजनीतिकर्मी रण बहादुर अधिकारीका एक छोरा,पाँच छोरी,श्रीमतिको मृत्यु भइसकेको हाल एकल जीवन बिताइ रहनु भएको र पालनपोषण छोरी चिनकला अधिकारीले गरिरहनु भएकोछ।उहाँको व्यक्तिगत र सामाजिक क्षेत्रमा पुर्याएको योगदान बारे गरेको कुराकानीको केहि अंश।

राजनीति कहिले बाट शुरु गर्नु भयो ?

परिवारिक समस्याका कारण जागिर राजिनामा गरेर घर फर्केपछि त्यसै बस्न सकिने अवस्था थिएन आफुले जानेको ज्ञान सिप बाड्नु आफ्नो कर्तव्य सम्झेर सामाजिक क्रियाकलापमा सक्रिय हुन थाले पछि वि.स.२०३० सालमा वडा सदस्यमा निर्वाचित भए त्यसै गरि वि.स.२०३२ जिल्ला पञ्चायत सदस्यमा निर्वाचित भए पश्चात जिल्ला स्तरको राजनीतिक बुझ्ने मौका प्राप्त भयो ।

जिल्ला पंञ्चायत सदस्य हुँदा तपाईले गर्नु भएका उल्लेखनिय कामहरु केहि छन कि ?

जिल्ला पञ्चायत सदस्य भएपछि आफ्नो जिम्मेवारीमा तोकिएका काम बाहेक जनप्रकाश मा.वि.स्थापना गर्दा संस्थापक सदस्य र मा.वि.स्थापनाका लागि बनेको निर्माण समितिमा अध्यक्ष सुर्य प्रशाद गिरी,कोषाध्यक्ष नर बहादुर सिंह र सचिवको रुपमा काम गर्नुका साथै उक्त समितिले स्वगिर्य राजा श्री ५ महाराज धिराज बिरेन्द्र बिक्रम शाह बाट जनप्रकाश मा.वि.को समुदघाटन कार्यक्रम सम्पन्न गरियो।

जिल्ला सदरमुकाम टाँटे बाट मार्तडी सार्ने काममा तपाइको पनि योगदान छ भनिन्छ नि ?

बाजुरा जिल्लाको पुरानो सदरमुकाम साविकको कुलदेबमाण्डुको टाँटेमा अवस्थित थियो।त्यो बेला म जिल्ला पञ्चायत सदस्य थिए,माथिल्लो बेल्टका हामी सबैको एउटै आवाज थियो।सदरमुकाम पाइक पर्ने ठाँउमा भएन यसलाई पाइक पर्ने ठाँउमा सार्नु पर्छ,भनेर पटक-पटक छलफल भइरहेको बेला सदरमुकाम कहाँ सार्ने भनेर सरकारी स्तर बाट अध्ययन टोली खटाइएको थियो।टोलीको नेतृत्व अञ्चालाधिश सत्यनारायण झा ले गर्नु भएको थियो।उक्त टोलीले पाण्डुसैन,आटिचौर र मार्तडी सिफारिस गरेको थियो।टोलीको सिफारिसका आधारमा प्रधानमन्त्री तुलसी गिरी,गृहमन्त्री जोगमेयर श्रेष्ठ,गृह सचिव शेर बहादुर शाही र सर्वे टोलीले फाइल हेरेर मार्तडीलाई सिफारिस गरेको थियो।सदरमुकाम सार्नका लागि वि.स.२०३३ सालमा तुलसी गिरी टाँटे आएको समयमा निवेदन पेश गरेपछि बाजुरा जिल्लाको सदरमुकाम टाँटे बाट मार्तडी सार्नका लागि श्री ५ को सरकार बाट वि.स.२०३३ साल फाल्गुण १ गते मन्त्रीपरिषद बाट निर्णय भएर वि.स.२०३४ सालमा टाँटे बाट मार्तडी सारिएको थियो।सदरमुकाम सार्ने क्रममा महत्वपुर्ण योगदान गर्ने व्यक्तिहरु प्रकाश बहादुर सिंह,सुर्य प्रशाद गिरी,छत्र बहादुर शाह,महाँदेव जोशी,शेर बहादुर शाह,बिर बहादुर हमाल र म आफै पनि खटिएको थिए।

No description available.

जिल्ला पञ्चायत सदस्य भएपछि तपाईको राजनीति नफापे कै हो र ?

एउटा राजनीतिक कर्मी भएकोले इच्छा आकाक्षा बढ्दै जानु स्वभाविक हो,त्यहि शिलशिलामा वि.स.२०३९ सालमा जिल्ला पञ्चायत सभापतिको उम्मेदवार दिए र शेर बहादुर शाह संग पराजित भए।वि.स.२०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा सरकारी प्रतिनिधि प्रकाश बहादुर सिंह संग पराजित भए,त्यो बेला मैले ७०० मत प्राप्त गरे नरसिंह गिरी पनि पराजित हुनु भयो।पञ्चायती व्यवस्थामा अहिलेका जस्ता जनता जागृत थिएनन्।सरकारी स्तर बाटै कसलाई हराउने कसलाई जिताउने भन्ने सरकारको हातमा हुन्थ्यो त्यसकै मारमा म दुई पटक परेको थिए।वि.स.२०४३ साल पछि नेपाल युवक संगठन जिल्ला कमिटिको अध्यक्ष भएको थिए।

बहुदल पश्चात तपाईको राजनीतिक सेलाएको हो कि अवसर नपाउनु भएको हो ?

पञ्चायति व्यवस्थाको राजनीतिमा दुइ पटक हार बेहोरि सकेको हुनाले बहुदल पश्चात जिल्ला स्तरको राजनीतिमा सक्रिय भएर लाग्नका लागि आर्थिक र पारिवारीक अवस्थाले साथ दिएन।बहुदल पश्चात नेपाली काँग्रेश बाट निर्विरोध वडा अध्यक्ष,त्यसपछि सामाजिक काममा सधै लागि रहे त्यहि समयमा नेपाल वाल संगठन जिल्ला कमिटि अध्यक्ष,कोल्टी नगरविकास समितिको अध्यक्ष,नेपाल किसान महाँसंघको जिल्ला अध्यक्ष,बुढिनन्दा क्याम्पसको सस्थापक उपाध्यक्ष,बाँधु मा.वि.को संस्थापक अध्यक्ष र जनता प्राथमिक विद्यालयको संस्थापक अध्यक्षको जिम्वेवारी समालेर काम गर्ने अवसर प्राप्त गरे सो काम आफ्नो क्षमताले भ्याए सम्म इमान्दारिका साथ गरे जस्तो लाग्छ।

No description available.

राजनीतिक,सामाजिक संगसंगै साहित्यमा पनि रुचि राख्नु हुन्छ रे ?

साहित्यमा रुचि मात्र भएर नहुने रहेछ,त्यसका लागि आर्थिक स्रोतले साथ दिएन भने,साहित्यले काम नगर्दो रहेछ।मैले जीवनको उत्तरार्द्धमा धेरै कथा,कविता,खण्ड काव्य,तिर्थ यात्रा बर्णन र देउडा गित लेखेकोछु।प्रकाशन गर्न नसकेर अप्रकाशित कृतिको रुपमा मैले लेखेका केहि कृतिहरु अंशहरु यस प्रकारछन।उहाँमा धार्मिक ज्ञान पनि त्यति नै पाइन्छ।महाभारत,कृष्ण चरित्र,श्रीमत भागवत गिता ,रामायण र स्वस्थानी ब्रतकथाको गहिरो अध्ययन र अधिकाँश श्लोक मुखाग्र हुनुका साथै चर्चित देउडा खेलाडीको रुपमा चिरपरिचित हुनु हुन्छ ।

बुढीनन्दा भगवति तथा छाप्रे पाटन तिर्थ यात्रा बर्णन (बुढीनन्दा माताको इतिहाँस र यात्रा विवरण)

पुजाको सव कार्य गर्न र यहाँ पुरोहित समेत भैदिन ।
शक्ति ब्रह्य भनेर नाम रहने ब्राह्यमण थिए उसदिन ।।
उनलाई अधिकार सुम्पन गर्दा बिर्ता समेत एक त्यहाँ ।
चिन्डे आलो भनेर खेत उनमा सम्पेर कोल्टी महाँ ।।

कविता संग्रह (कनिकुथी – ३४ वटा फुटकर कविता)

कर्णाली नदी सुसेली बग्छिन पुर्वको किनार ।
पादुका डाँडा त्यो पुर्वको क्षेत्र धर्मको बहार ।।
जाती र भाती मिलेर सधै बस्दछन एकै ठाँउ ।
त्यही र राम्रो सुन्दर र शान्त जन्मेको मेरो गाँउ ।।

कलावति खण्ड काव्य (नारी बिषेश लोक भाषामा आधारित -दश बर्षे जनयुद्धमा एउटा महिलाले पाएको पिडामा आधारित)

हुनु जो थियो दैबको गति टार्न को सक्दछ ।
जिन्दगी साटो दिएमा पनि व्यर्थ कहाँ हुन्छ र ।।
प्रकृति जन्य यो कर्म गति पर्न जो गएको ।
नारीलाई दोष दिएर पुरा कहाँ छ भएको ।।

यहाँको आगामी सोच के छ नि ?

मैले वि.स.२०६२ पश्चात ने.क.पा.एमालेमा प्रबेश गरेपछि निरन्तर रुपमा पार्टीको काममा लागेको छु ।बिचमा पार्टीले मलाई अखिल नेपाल किसान संघको जिल्ला अध्यक्षको जिम्वेवारी दिएको थियो उक्त जिम्मेवारी आफुले पुरा गरे जस्तो लाग्छ।त्यसपछि मेरो कुनै पदमा दाबी गरेकोछैन र पार्टीले पनि जिम्मेवारी दिएको छैन।अहिले राजनीतिक महगों भैसकेको हुनाले हामी जस्ता न्युन आए स्रोत भएका व्यक्तिहरुका लागि योग्यता,क्षमता,योगदान र परिपक्वताले मात्र साथ दिन सक्ने अवस्था छैन।पार्टीले पत्याएमा आफुले के कति काम गरेको रहेछु भन्ने कुराको मुल्याँङ्कन पनि हुने र समाजको सेवा गर्ने इच्छा पनि बाँकी नै छ।पार्टीले पत्याएन भने घर परिवार व्यवस्थित गरेर बाँकी जीवन साहित्य र समाज सेवा गरेर विताउने सोचमा छु ।

चर्चामा

सम्बन्धित समाचार