शनिबार, बैशाख १५, २०८१

#गजल#

  • शनिबार, मंसिर १८, २०७८
#गजल#

सन्तानको सपना पुरा गर्न छानोको बास गरेका छन्।
त्यो गाउँमा आमा र बाबाले पश्रिम खास गरेका छन्।।
फेशन गर्दै हिड्छ गाउँबाट शहर छिरेको छोरो,
बाबाले छोराको पुरानो ज्याकेटको आस गरेका छन्।।
खाँचो छ आमालाई स्वीटरको छोरीलाई ट्वीटरको,
छोरा छोरीले शहरमा बसेर बदमास गरेका छन्।।
चिन्ता छ छोराछोरी कै आफू अँध्यारोमा जाकिएपनि,
तर, तिनै सन्तानले बेकाम यौवन ह्रास गरेका छन्।।
गुलाब कान्छो

चर्चामा

सम्बन्धित समाचार