शनिबार, असार १३, २०८३
  • होमपेज
  • समाचार
  • हत्या अभियोग लागेका चारजनालाई जन्मकैद

हत्या अभियोग लागेका चारजनालाई जन्मकैद

  • शनिबार, मंसिर १८, २०७८
सेयर गर्नुहोस् :
हत्या अभियोग लागेका चारजनालाई जन्मकैद

दुई वर्ष अघि तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ उरहरीनिवासी रामबहादुर केसीलाई हत्या गरेको अभियोग लागेका चारजनालाई दाङ देउखुरी जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ । न्यायाधीश रितेन्द्रबहादुर थापाको एकल इजलासले शनिबार विवेकसिंह ठकुरी (विक्की), सौरभ मल्ल, भरत शाही र रमेश केसीलाई जन्मकैदको सजाय सुनाएको हो ।

उनीहरूमाथि २०७६ साल असार २८ गते उरहरीमा खुकुरी प्रहार गरी केसीको हत्या गरेको अभियोग लागेको थियो । सोही घटनामा संलग्न शुभम मल्ल, तेजेश पिएम, अमृत वली, सुन्दर बस्नेत र सरोज बुढामगरलाई साढे १२ वर्ष कैद सजाय सुनाइएको छ ।

विक्कीले यसअघि पनि गोली प्रहार गरी एक व्यक्तिको हत्या गरेका थिए । उनले २०६९ मंसिर ३० गते दाङको मोतीपुरका जितबहादुर चौधरीमाथि गोली प्रहार गरी हत्या गरे पनि त्यतिवेला १५ वर्ष मात्रै उमेर भएकाले उनलाई अदालतले सुधारगृह पठाएको थियो ।

चर्चामा

सम्बन्धित समाचार