• होमपेज
  • समाचार
  • हत्या अभियोग लागेका चारजनालाई जन्मकैद

हत्या अभियोग लागेका चारजनालाई जन्मकैद

  • शनिबार, मंसिर १८, २०७८
हत्या अभियोग लागेका चारजनालाई जन्मकैद

दुई वर्ष अघि तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ उरहरीनिवासी रामबहादुर केसीलाई हत्या गरेको अभियोग लागेका चारजनालाई दाङ देउखुरी जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ । न्यायाधीश रितेन्द्रबहादुर थापाको एकल इजलासले शनिबार विवेकसिंह ठकुरी (विक्की), सौरभ मल्ल, भरत शाही र रमेश केसीलाई जन्मकैदको सजाय सुनाएको हो ।

उनीहरूमाथि २०७६ साल असार २८ गते उरहरीमा खुकुरी प्रहार गरी केसीको हत्या गरेको अभियोग लागेको थियो । सोही घटनामा संलग्न शुभम मल्ल, तेजेश पिएम, अमृत वली, सुन्दर बस्नेत र सरोज बुढामगरलाई साढे १२ वर्ष कैद सजाय सुनाइएको छ ।

विक्कीले यसअघि पनि गोली प्रहार गरी एक व्यक्तिको हत्या गरेका थिए । उनले २०६९ मंसिर ३० गते दाङको मोतीपुरका जितबहादुर चौधरीमाथि गोली प्रहार गरी हत्या गरे पनि त्यतिवेला १५ वर्ष मात्रै उमेर भएकाले उनलाई अदालतले सुधारगृह पठाएको थियो ।

चर्चामा

सम्बन्धित समाचार