बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाचार
  • शिक्षकले पढाउने कर्तव्य छोडेर राजनीति मात्रै गर्न हुँदैन : केपी ओली

शिक्षकले पढाउने कर्तव्य छोडेर राजनीति मात्रै गर्न हुँदैन : केपी ओली

  • शुक्रबार, मंसिर १७, २०७८
शिक्षकले पढाउने कर्तव्य छोडेर राजनीति मात्रै गर्न हुँदैन : केपी ओली

काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षकले पढाउने कर्तव्य छोडेर राजनीति मात्रै गर्न नहुने बताएका छन् ।

शुक्रबार शिक्षक संगठनको १२औं जिल्ला अधिवेशनमा सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

‘राजनीतिक पार्टीको कार्यकर्ताको हिसाबले पढाइ छोडेर पढाउने कर्तव्य छोडेर राजनीति मात्रै गर्न हुँदैन’ ओलीले भने । तर, कतिपय देशमा चुनावमै शिक्षकहरु खटिने गरेको आफुले पाएको उनले स्मरण गरे।

‘१९०२ मा म अमेरिकामा क्लिन्नटन पहिलोपल्ट उम्मेदवार हुँदा चुनावको अब्जरभेसनका लागि गएको थिएँ । त्यहाँ मैले देखेँ चुनावी कार्यालयहरुमा चुनाव हाक्ने चुनावका व्यवस्थापकीय काम गर्ने बिभिन्न पोस्टरहरु बनाउने विभिन्न प्ले कार्डहरु बनाउनेदेखि कहाँ के भइरहको छ सबै गर्ने शिक्षकहरु कोही रिपब्लिदकनका कोही डेमोक्रेटिक । बढी खट्ने शिक्षक थिए ।’ ओलीले भने । शिक्षक भएर चुनावमा खट्न हुन्छ ? भनेर सोध्दा ‘यो मेरो खुसीको कुरा हो भोलियन्टिरी यो काम गरिहेको छु’ भनेर जवाफ फर्काएको उनले सुनाए ।

एमाले अध्यक्ष ओलीले थपे, हाम्रोमा चुनावमा खटाइन्छ । तर, त्यस हिसावले काम गर्न चाहीँ राजनीतिक रुपमा दिइँदैन ।’

यसैबीच, एमाले अध्यक्ष ओलीले शिक्षकको समस्याहरु आफुलाई बोध रहेको पनि बताएका छन् । २०२६ ०२७ सालतिर आफु प्रावीको शिक्षक भएको र जेल बस्दा पनि पुस्तकै नभएकाहरुलाई पढाएको बताए ।

‘जेलमा बस्दा पुस्तक नभएकालाई पढाएर पास गराउने काम गरेँ । बिना पुस्तक पढाउने र पास गराउनुपर्ने बडा कठिन थियो’ अध्यक्ष ओली भन्छन्, ‘समाजसास्त्र त्यस्ता विषयहरु थिए, जे मैले भन्थेँ त्यहि लेख्दा पनि पास भइहाल्थ्यो । केही साथीहरु राम्रै ढङ्गले अगाडि बढनुभएको छ । त्यो मौक पनि मैले पाएँ ।’

चर्चामा

सम्बन्धित समाचार