शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • भारतमा पनि फेला पर्‍यो कोरोनाको ओमिक्रोन भेरियन्ट

भारतमा पनि फेला पर्‍यो कोरोनाको ओमिक्रोन भेरियन्ट

  • बिहिबार, मंसिर १६, २०७८
भारतमा पनि फेला पर्‍यो कोरोनाको ओमिक्रोन भेरियन्ट

काठमाडौं — छिमेकी मुलुक भारतमा पनि कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनका दुई जना संक्रमित फेला परेका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका सहसचिव लभ अग्रवालले कर्नाटकमा दुई जना ओमिक्रोनका संक्रमित फेला परेको बताएका हुन् ।

६६ वर्ष र ४० वर्षका दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । ‘हालसम्म देशमा यो भेरियन्टबाट दुई जना संक्रमित भएको पुष्टि भएको छ’, अग्रवालले भने, ‘दुवै संक्रमित कर्नाटकका हुन् ।’

योसँगै ओमिक्रोन भेरियन्ट २६ मुलुकमा फैलिएको छ ।

चर्चामा

सम्बन्धित समाचार