शनिबार, बैशाख ८, २०८१

गजल!

  • बुधबार, मंसिर १५, २०७८
गजल!

चार दशकको कार्यकाल पछि अबकास प्राप्त भयो,
जीवन भरिको शंघर्ष पछि घरभित्र बास प्राप्त भयो।

कस्तो होला थाहा छैन बचे कुचेको शेष जीन्दगानि,
भन्न त सबैले भन्छन अबको दिन खास प्राप्त भयो।

आर्का को देशमा पनि वे-दाग भयर चोखिन पाउँदा,
लाग्छ यो जलेको ज्वालामा पनि सहास प्राप्त भयो।

पिंजरामा कैद जस्तो जीवन थियो सरकारको कैदी,
अबको दिनमा स्वतन्त्र यो समयकै रास प्राप्त भयो।

पहिले अड्कले को समय भित्र पुग्नु पर्थ्यो ठाउँ मा,
अब त प्रसस्त समय पनि आफ्नो पास प्राप्त भयो।

भन्नलाई भन्छन सहपाठि र सरकारले तँ हाम्रो होश,
भित्रभित्रै भन्छु स्वतन्त्रभए छैन म दाश प्राप्त भयो।

अब बांकिको जीवन यो सेते आफ्नै पारामा बांच्नेछ,
बल्ल बल्ल जीवनकै सफर बाट निकास प्राप्त भयो।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार