आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • समाचार
  • बझाङको खप्तडछान्ना गाउँपालिकामा बाढी पहिरो प्रभावितलाई राहत वितरण

बझाङको खप्तडछान्ना गाउँपालिकामा बाढी पहिरो प्रभावितलाई राहत वितरण

  • बुधबार, मंसिर १५, २०७८
बझाङको खप्तडछान्ना गाउँपालिकामा बाढी पहिरो प्रभावितलाई राहत वितरण

अर्थ जङ्ग शाही बझाङ,/मंसिर १५ — बझाङको खप्तडछान्ना गाउँपालिकामा रहेका बाढी,पहिरो प्रभावित तथा पुर्णरुपमा घरबार विहिन बनेका ३७ परिवारलाई राहत वितरण गरिएको छ ।

बझाङमा संचालित गैरसरकारी संस्था प्रगतिशिल युवासमाज र युएमएन बझाङको साझेदारीमा बाढी,पहिरो प्रभावित परिवारलाई राहत वितरण गरेको हो ।

संस्थाका अनुसार कार्तिक महिनाको पहिलो साता आएको अविरल बर्षाका कारण खप्तडछान्ना गाउँपालिका वडानम्बर १ देखी ७ सम्मका घर, खेतबारीमा पुर्णरुपमा क्षती पुर्याएका परिवारलाई संस्थाले प्रति परिवार चामल एक बोरा, १० केजी दाल,२ केजी चिनी, २ वटा नुहाउने साबुन,२ वटा लुगा धुने साबुन, १ लिटर तेल, १ पे्रसरकुकर, १ कराई, ५ वटा थाल, ५ वटा कचौरा, ५ गिलास,१ डाडु पनियु, न्यानो लुगा र त्रिपाल गरी ६ लाख ४७ हजार रकम बराबरको सामाग्री राहत स्वरुप वितरण गरेको थियो ।

बाढी प्रभावितलाई थोरै भएपनि राहत मिलोस भनेर संस्थाले खाध्यान्न तथा भाँडाकुडा खरिद गरेर वितरण गरिएको प्रगतिशिल युवा समाज र साझेदारीमा संचालित परियोजना संयोजक विष्ना कुमारी बम्मले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले खासै ठूलो सहयोग गरेका त होईनौं । तरपनि बाढी र पहिरोले बनाएको घाउमा थोरै भएपनि मलम लाग्छ की भन्ने हो ।’

संस्थाले यस अघी कोरोना महामारीमा रोजगारी नभएका तथा एकल महिला, सुत्केरी महिला, अपाङ्गता भएका व्यक्तिहरुलाई समेत विभिन्न राहत सामाग्री वितरण गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार