आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • समाचार
  • कछुवाको मासु खाँदा सातको मृत्यु

कछुवाको मासु खाँदा सातको मृत्यु

  • बुधबार, मंसिर १५, २०७८
कछुवाको मासु खाँदा सातको मृत्यु

तान्जानिया — कछुवाको मासु खाँदा सात जनाको मृत्यु भएको छ । अन्य तीन जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ । तान्जानियाको जन्जिबार द्धीपको पेम्बामा बिहीबार पाँच परिवारले कछुवाको मासु खाएका थिए ।

बिरामी परेका उनीहरुलाई शनिबार स्थानीय अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा एक बच्चा सहित सात जनाको मृत्यु भएको समाचार बीबीसीमा छ ।

विषालु कछुवाको मासु खाएका ३८ जना बिरामी परेका थिए । उनीहरु मध्ये अधिकांशलाई अस्पतालले घर फिर्ता पठाएको छ ।

चर्चामा

सम्बन्धित समाचार