शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • शिक्षा
  • यात्रुसँग सामान्य ज्ञानको परीक्षा लिने रिक्सा चालक, सही उत्तर दिएमा भाडा तिर्न नपर्ने

यात्रुसँग सामान्य ज्ञानको परीक्षा लिने रिक्सा चालक, सही उत्तर दिएमा भाडा तिर्न नपर्ने

  • शनिबार, मंसिर ११, २०७८
यात्रुसँग सामान्य ज्ञानको परीक्षा लिने रिक्सा चालक, सही उत्तर दिएमा भाडा तिर्न नपर्ने

तपाईंको सामान्य ज्ञान कति छ ? यदि तपाईं सामान्य ज्ञानमा अब्बल हुनुहुन्छ भने रिक्सामा यात्रा गर्दा भाडा तिर्नु पर्दैन । सुन्दा निकै रमाइलो लाग्दो यो समाचार नेपालको भने होइन । छिमेकी मुलकु भारतको पश्चिम बंगालस्थित हावडाको लिलुवामा एकजना रिक्सा चालकले यात्रुको सामान्य सामान्य ज्ञानको परीक्षा लिने गरेका छन् । आफूले सोधेका सामान्य ज्ञानको सही जवाफ दिने यात्रुसँग उनले भाडा लिँदैनन् ।

फेसबुकमा एक प्रयोगकर्ताले सुरन्जन कर्मकार नामका ती ई-रिक्सा चालकसँगको आफ्नो अनुभव शेयर गरेका छन् । स्थानीय भाषामा टोटो भनिने ई-रिक्सामा पत्नीसँगै यात्रा गर्दा चालकले सामान्य ज्ञानको परीक्षा लिएको अनुभव कर्मकारले विस्तृतमा शेयर गरेका छन् ।

ती रिक्सा चालकले यात्रुलाई सुरुमै एउटा अफर दिँदा रहेछन् । यदि आफूले सोधेका १५ वटा सामान्य ज्ञानका प्रश्नको सही जवाफ दिएमा रिक्सायात्राको भाडा तिर्नु नपर्ने उनको अफर हुन्छ । उनले भारतको इतिहास, साहित्या देखि लिएर विश्व इतिहास तथा विज्ञानलगायतका हरेक क्षेत्रबाट प्रश्न सोध्ने गर्दछन् ।

आर्थिक समस्याका कारण ६ कक्षाबाटै स्कुल छाडेका कर्मकारलाई सामान्य ज्ञानमा निकै रुचि छ । उनी रातको २ बजेसम्म सामान्य ज्ञानका किताब पढ्दछन् र स्थानीय बुक फेयर फाउन्डेसनका सदस्य पनि हुन् ।

उनले अल्बर्ट आइन्स्टाइनदेखि स्टेफन हकिंग्सलगायतका विश्वका सबै चर्चित व्यक्तिको जन्मदिन मनाउँदछन् र आफ्नो रिक्सामा विश्व चर्चित व्यक्तिहरुका तस्वीर पनि टाँसेका छन् । एजेन्सी

चर्चामा

सम्बन्धित समाचार