बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा नगद सहित ७ जना जुवाडे पक्राउ

बाजुरामा नगद सहित ७ जना जुवाडे पक्राउ

  • शुक्रबार, मंसिर १०, २०७८
बाजुरामा नगद सहित ७ जना जुवाडे पक्राउ

बाजुरा– बाजुरा  बडिमालिका नगरपालीका वडा‍‍ न‌ ८ मा पर्ने बडिमालिका मन्दिर नजिकैमा तास खेली रहेकाे अवस्थामा  नगद सहित ७ जना जुवाडे पक्राउ परेका छन् ।

बिहिवार राति जिल्ला प्रहरी कार्यालय बाजुरा वाट खटिएको टोलीले सोहि बेलुका १०ः३० बजे तिर जुवा खेलि रहेको अवस्थामा ३३ हजार ३ सय नगद सहित ७ जना जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले बाजुराले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा आकाश रावल, विर बहादुर रावल,काँसी रावल,मान वहादुर रावल,कर्ण रावल,किस्न रावल र राजेन्द्र बुढा रहेका छन् ।

 पक्राउ परेका जुवाडेलाई कानुन वमोजिम कारबाहि गरिने र जुवा खेल्नेहरुमाथि प्रहरीले अनुसन्धान गरिरहेको  प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार