शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • क्रिकेट
  • नेपाली महिला टोली आज मलेसियाविरुद्ध भिड्दै

नेपाली महिला टोली आज मलेसियाविरुद्ध भिड्दै

  • शुक्रबार, मंसिर १०, २०७८
नेपाली महिला टोली आज मलेसियाविरुद्ध भिड्दै

काठमाडौँ  — नेपाली महिला क्रिकेट टोलीले आज (शुक्रबार) मलेसियाविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको चौंथो खेलमा बिहान ११ : १५ बजे नेपाल र मलेसिया भिड्दैछन् ।

दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा हुने खेलमा नेपालले ग्लोबल छनोटको सम्भावना कायमै राख्न मलेसियालाई जित्नुपर्नेछ ।

प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले हङकङसँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराएको थियो ।

तेस्रो खेलमा बिहीबार कुवेतलाई ९ विकेटले हराउँदै नेपालले विश्वकपको ग्लोबल छनोट पुग्ने सम्भावना जिवितै राखेको छ ।

नेपाल ३ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । प्रतियोगिताको पाँचौ खेलमा नेपालले आइतबार युएईविरुद्ध खेल्ने छ ।

चर्चामा

सम्बन्धित समाचार