शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • क्रिकेट
  • विश्वकप छनोट : नेपाल आज भुटानसँग भिड्दै

विश्वकप छनोट : नेपाल आज भुटानसँग भिड्दै

  • मङ्लबार, मंसिर ७, २०७८
विश्वकप छनोट : नेपाल आज भुटानसँग भिड्दै

काठमाडौँ — नेपाली महिला क्रिकेट टोलीले आज मंगलबार भुटानको सामना गर्दैछ।

आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपाल र भुटानबीचको खेल नेपाली समय अनुसार दिउसो ३ : १५ बजे दुबईको आईसीसी क्रिकेट एकेडेमीमा सुरु हुनेछ।

सोमबार भएको पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित नेपाल आज पहिलो जितको खोजिमा मैदान उत्रदैछ ।

पहिलो खेलमा कुवेतलाई ४० रनले हराएको भुटान भने लगातार दोस्रो जित निकाल्ने योजनामा छ ।

नेपालले अब तेस्रो खेल बिहीबार कुवेत, चौथो खेल शुक्रबार मलेसियासँग र पाँचौ खेल आगामी आइतबार युएईविरुद्ध खेल्ने तालिका रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार