शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • फेवाताल किनारमा आगलागी, पाँच रेष्टुरेण्ट जलेर नष्ट

फेवाताल किनारमा आगलागी, पाँच रेष्टुरेण्ट जलेर नष्ट

  • सोमवार, मंसिर ६, २०७८
फेवाताल किनारमा आगलागी, पाँच रेष्टुरेण्ट जलेर नष्ट

पोखराको फेवाताल किनारमा आगलागी भएको छ । ताल किनारमा रहेका रेष्टुरेण्ट आगलागी हुँदा पाँचवटा रेष्टुरेण्ट जलेर नष्ट भएका छन् । ‘पाँच वटा रेष्टुरेण्ट पूर्ण रुपमा जलेका छन् । डेढ करोड भन्दा बढी क्षति देखिन्छ,’ बैदामकी प्रहरी प्रमुख डीएसपी चिनिमाया तामाङले भनिन्, ‘अझै क्षतिको विवरण पूरा आएको छैन । थपिन सक्छ ।’

आगो भने नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ । ‘आगलागीको कारण खुलेको छैन । साेमबार बिहान ३ बजेदेखि आगो लाग्न सुरु भएको स्थानीयले बताएका छन् । करिब ६ बजे मात्रै आगो नियन्त्रणमा आएको थियो । विद्युत सर्ट भएर आगो लागेको हुन सक्ने अनुमान गरिएको छ । यद्यपी कारण खुल्न सकेकाे छैन ।

चर्चामा

सम्बन्धित समाचार